कञ्चनपुरमा बन्द फिर्ता


कञ्चनपुर । कञ्चनपुरमा विद्यार्थी संगठनले गरेको बन्द फिर्ता लिएको छ ।

सरकारी स्वामित्वमा रहेको जग्गामा बनेका भौतिक संरचना भत्काउन माग गर्दै विद्यार्थी संगठनले गरेको बन्द फिर्ता लिइएको हो ।

बुधबार साँझ विद्यार्थी संगठन र स्थानीय प्रशासनबीच भएको भएको वार्तामा सहमति भएपछि बन्द फिर्ता लिइएको विद्याथी संगठनले जनाएको छ ।

बन्द फिर्ता भएसँग कञ्चनपुरको जनजीवन सामान्य बनेको छ । बिहानैदेखि लामो तथा छोटो दूरीका सवारी साधान चलेका छन् । विद्यालय, कलकारखाना र बजार पनि आज बिहानैदेखि खुलेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?