बलात्कार मुद्दाका फरार अभिययुक्त पक्राउ


रुकुम । प्रहरीले बलात्कार मुद्दामा फरार एक अभिययुक्तलाई रुकुम पश्चिममा पक्राउ गरेको छ ।

जिल्लाको बाफिकोट गाउँपालिका–१ लागिमका करिब ६३ वर्षका भद्रबहादुर कामीलाई प्रहरीले पक्राउ गरेको हो ।

बलात्कार मुद्दामा कामीलाई उच्च अदालत तुलसीपुर, दाङले गत मंसिर २७ मा पाँच वर्ष कैद सजाय तोकेको थियो ।

फरार रहेका उनलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख सुमित खड्काले जानकारी दिए । पक्राउ परेका कामीलाई रुकुम जिल्ला अदालतमा दाखिला गर्ने तयारी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?