पार्टी एकताको समझदारीपत्रमा हस्ताक्षर गर्दै राणा र लोहनी


काठमाडौं । पशुपतिशमशेर राणा अध्यक्ष रहेको राप्रपा प्रजातान्त्रिक र प्रकाशचन्द्र लोहनी अध्यक्ष रहेको राप्रपा राष्ट्रवादीको एकताका लागि आज समझदारीपत्रमा हस्ताक्षर हुँदैछ ।

हस्ताक्षरपछि पार्टी एकताको घोषणा भने शुक्रबार मात्रै हुनेछ । बिहीबार दुवै पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले एकताको प्रस्ताव अनुमोदन गर्ने र बिहीबार नै दुवै पार्टीका

अध्यक्षहरुले एकताको समझदारीपत्रमा हस्ताक्षर गर्ने राप्रपा प्रजातान्त्रिकका प्रवक्ता राजेन्द्र गुरुङले बताए ।

एकिकरणपछि नयाँ पार्टीले राजासहितको प्रजातन्त्र र हिन्दु राष्ट्रलाई मुख्य राजनीतिक मुद्दा बनाएर अघि बढ्ने प्रवक्ता गुरुङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?