ऐनलाई संशोधन गर्न बनेको विधेयक परिमार्जनसहित पारित


काठमाडौं । संघीय संसदको कानून, न्याय तथा मानव अधिकार समितिले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ परिमार्जनसहित पारित गरेको छ ।

आइतबार सिंहदरबारमा बसेको समितिको बैठकले संविधान अनुकुल कानून बनाउन बनेको ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ परिमार्जनसहित पारित गरेको हो ।

समितिका सभापति कृष्णभक्त पोखरेलका अनुसार संविधान अनुकुल कानून बनाउन तयार पारिएको विधेयक परिमार्जनसहित पारित गरिएको हो ।

उक्त विधेयकमा राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोगलगायत अन्य आयोगसम्बन्धी ऐनमा विद्यमान संविधान प्रतिकूलका प्रावधानहरु संशोधन गर्ने उल्लेख गरिएको छ ।

शिक्षा ऐन, विदेशी विनियम ऐन, स्थानीय प्रशासन ऐन, बोनस ऐन, जन्म, मृत्यु तथा अन्य व्यक्तिगत घटना दर्ता ऐन, नेपाल विद्युत प्राधिकरण ऐनलगायतका ऐनहरुलाई संघीयता अनुकुल बनाउने प्रावधान पनि विधेयकमा समावेश गरिएको छ ।

विधेयकमाथिको छलफलमा भाग लिँदै समितिका सदस्यहरुले संविधानसँग बाझिएका सबै कानून तत्काल निर्माण गर्न सरकारसँग माग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?