निर्णायक खेलका लागि प्रतिस्पर्धा गर्दै नेपाल र युएई


काठमाडौं ।  टी–२० सिरिजमा आज नेपाल र युएई निर्णायक तथा अन्तिम प्रतिस्पर्धा गर्दैछन् । खेल आज पौने ३ बजे दुबईको आइसिसी एमेडेमी मैदानमा हुनेछ ।
खेलमा जित हात पार्ने टिमले ३ खेलको सिरिज कब्जा गर्नेछ ।

आईसीसीबाट ४ वर्षलाई एक दिवसीय मान्यता पाएपछि दोस्रो सिरिज खेलिरहेको नेपाललाई आज इतिहास बनाउने सुनौलो अवसर रहेको छ ।

पहिलो टी–२० मा २१ रनले पराजित भएको नेपाल दोस्रो टी–२० मा ४ विकेटको जित निकाल्दै सिरिजमा पुनरागमन गरेको हो ।

दुवै टिमले एक एक खेल जितेकाले आजको अन्तिम खेल निर्णायक हुने छ ।

नेपाल एक दिवसीय जसरीनै सिरिज जित्दै इतिहास बनाउने दाउमा छ । तर यूएईले एक दिवसीय सिरिज गुमाएको पीडा विर्सन पनि टी–२० सिरिज जित्न खोज्ने छ ।

दोस्रो खेलमा नेपालले १०८ रनको लक्ष्य पछ्याउँदा ३ बल बाँकी छदै ६ विकेट गुमाएर पुरा गरेको थियो ।

नेपालाई जिताउन दीपेन्द्रसिं ऐरी र पवन शर्राफले उत्कृष्ट साझेदारी गरेका थिए ।
पहिलो बलमै कप्तान पारस खड्का आउट भएपछि दबावमा आएको नेपाललाई ऐरी र शर्राफले १९.१ ओभरमा १०१ रनको स्थितिमा पु¥याएका थिए ।

नेपाली टिम– पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, बसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललितनारायण राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, प्रदीप ऐरी, सोमपाल कामी, विनोद भण्डारी, भीम सार्की, अविनाश बोहरा, पवन सर्राफ र सन्दीप जोरा

युएई टिम– मोहमद नावीद (कप्तान), मोहमद उस्मान, अस्फाक अहमेद, चिराग सुरी, सइमान अनवार, मोहमद बोता, गुलाम साबेर, इमरान हइदर, तहिर मुग्हाल, अमिर हायत, जहूर खान, क्वादीर अहमेद, फावाद नवाज, अब्दुल शाकूर, शुल्तान अहमेद, सिपी रिजवान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?