प्रस्तावित अध्यक्षको सुनुवाइ प्रक्रिया आजबाट


काठमाडौं । संवैधानिक आयोगका लागि प्रस्तावित अध्यक्षको सुनुवाइ प्रक्रिया आजदेखि शुरु गरिने भएको छ ।

संसदको सुनुवाइ समितिले संवैधानिक परिषदले सिफारिस गरेर पठाएका पाँचवटा आयोगका अध्यक्षको सुनवाइ प्रक्रिया अघि बढाउन लागेको हो । सुनवाइका बारे छलफल गर्न समितिको बैठक आइतबार दिउँसो सिंहदरबारमा बोलाइएको छ ।

संवैधानिक परिषदले गत माघ ६ गते राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा बालानन्द पौडेल, राष्ट्रिय समावेशी आयोगमा शान्तराज सुवेदी, मधेसी आयोगमा डा. विजयकुमार दत्तको नाम सिफारिस गरेको छ ।

त्यस्तै थारु आयोगमा विष्णुप्रसाद चौधरी र मुस्लिम आयोगमा समिम अन्सारीको नाम सिफारिस गरेको थियो ।

संविधानमा व्यवस्था भएका राष्ट्रिय महिला आयोग, दलित आयोग र समावेशी आयोगको अध्यक्ष चयन हुन बाँकी रहेको छ ।

त्यस्तै सिफारिस गरिएका पाँच आयोगका चार–चार जना सदस्य पनि संवैधानिक परिषदले सिफारिस गर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?