प्रतिनिधिसभा बैठक :प्रहरी ऐन सम्बन्धी विधेयक टेबुल गर्ने कार्यसूची


काठमाडौं । प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रहरी ऐन सम्बन्धी विधेयक टेबुल गर्ने कार्यसूची छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरोध नगर्ने संकेत गरेपछि संघीय संरचनामा प्रहरी संगठनलाई लैजाने विधेयक टेबुल गर्न लागिएको हो ।

आज दिउँसो ३ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री रामबहादुर थापाले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वयसम्वन्धी विधेयक टेबुल गर्ने कार्यसूची रहेको छ ।

गत बिहीबार नै विधेयक टेबुल गर्ने कार्यसूचि रहेपनि कांग्रेसको अवरोधका कारण स्थगित भएको थियो । त्यस्तै आजको बैठकमा विशेष आर्थिक क्षेत्र पहिलो संशोधन विधेयक र भूउपयोग विधेयक पनि टेबल गर्ने सरकारको तयारी छ ।

बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसँग सम्बन्धित विषयमा प्रश्नोत्तरको गर्ने कार्यसूची पनि राखिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?