आज बिहान बिहारमा सिमाञ्चल रेल दुर्घटना, ७ को मृत्यु, ३२ घाइते


सोनपुरः आज बिहान आइतबार जोगबनीबाट दिल्लीतर्फ जाँदै गएको सीमाञ्चल एक्सप्रेस रेल दुर्घटनामा परेको छ । आइतबार बिहान हाजीपुर—बछवाडा रेलखण्डको महनार र सहदोई स्टेशनको बिच भएको दुर्घटनामा परी कम्तीमा ७ जनाको मृत्यु भएको छ भने ३२ यात्रु घाइते भएको पीटीआई र एएनआईले जनाएका छन् । रेलका एघार डिब्बाहरु रेलको पटरीबाट बाहिर निस्क्एिका छन भने घाइतेको संख्या बढ्ने सक्ने बताइएको छ । यो दुर्घटना बिहान ४ बजेतिर भएको बताइएको छ ।
१२४८७ नम्बरको जोगवनी आनन्द बिहार सिमाञ्चल एक्सप्रेस किसुनगन्ज जिल्लाको जोगवनीबाट रेल दिल्लीका लागि प्रस्थान गर्ने गर्दथ्यो । रेल्वे सम्पर्क प्रमुख राजेशकुमारले दुर्घटनाका बारेमा जानकारी दिएका छन् । दुर्घटनामा मृत्यु हुनेका परिवारलाई ५ लाख, गम्भीर रुपमा घाइतेलाई १ लाख र सामान्य घाइतेलाई ५० हजार नगद सहयोगको घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?