ध्यान एउटा वैज्ञानिक धर्म


आचार्य श्री स्वामी ध्रुव

यदृच्छालाभसंतुष्टों द्वन्द्वातीतो विमत्सरः ।
समः सिद्धावसिद्धौ च कृत्वापि न निबध्यते ।। (गीता ४–२२)

“जुन मान्छे बिना इच्छा वा अपेक्षाको ईष्र्या रहित भयेर, आफैँ प्राप्त पदार्थबाट सधै संतुष्ट रहन्छ । तथा सफलता र असफलता दुबैमा समभाव राख्छ त्यो मान्छे कुनै पनि कर्म बन्धन सित माथि रहन्छ ।”

स्थिति,परिस्थिति र व्यक्ति मानवीय तनावको यो तीनवटा कारण छ । तर यस बाट मुक्तिको लागि एउटै उपाय छ । त्यो हो ध्यान । भगवान शिवको विज्ञान भैरवतंत्र किताबको अनुसार १०८ प्रकारको ध्यान विधिहरु छन । यिनीहरु मध्यै कुनै पनि एउटा ध्यानविधिको प्रयोग गरेर हामी यसको लाभ लिन सक्छु । सम्पूर्ण जगत का सबै मानिसहरुको आंतरिक कामना एउटै छ । त्यो कामना छ सुख(शांति(सफलता( सम्मान(सुरक्षा र सहयोग । सम्पूर्ण मानिसमा तीन प्रकार को चेतना छन । त्यस मध्ये केही मानिसहरु ब्रहमको आनंद (ब्रहमानंद) लिन छ वा लिने प्रयास मा रहन्छ । यिनीहरु मस्त रहन्छन । केही मानिसहरु प्रेमको आनंद (प्रेमानंद, यो लोग्ने–स्वास्नीको प्रेम होई न ) लिनछ वा लिने प्रयास गर्छ । यिनीहरु व्यस्त रहन्छन । केही मानिसहरु सांसारिक वा भौतिकता बाट आनंद लिने असफल प्रयास गर्छ । यिनीहरु त्रस्त रहन्छन । यस बाट साबित भयो कि आनंद हामीलाई जसरी पनि चाहिन्छ ।

कसैले आनंदको लागि आध्यात्मको बाटो लाग्छ । कोही शराब को शीशी भित्र लिने प्रयास गर्छ । अब प्रश्न उठछ कि हामी आनंद को खोजीमा किन्न लागेका छौ । यसको उत्तर छ – जब हामी नौ महीना सम्म आमाको गर्भमा रहन्छौ त्यो बेला हामी लाई दिव्य आनंद (Enternal Bliss) का अनुभूति भई रहन्छ । यस कारण आनंद हाम्रो DNA मा नै छ । उपनिषद को अनुसार– “आनंदबाट मनुष्य को जन्म भएकोछ । आनंदको लागि बाचीरहेछ र अंतमा आनंदको महासागरमा विलीन हुन जान्छ ।”

महायोगी र महातपश्वीहरुले आनंदलाई नै भगवान भन्नु भएकोछ । हो पनि कि–न–कि सत्यम् शिवम् सुन्दरम को मतलब पनि यही नै हुन्छ । सत्य नै शिव छ र शिव नै सुन्दर छ । अब हामीलाई बुझ्नु र समझनु पर्छ कि जुन आंतरिक आनंद को प्यास हामीलाई छ र आ–आफ्नो क्षमता र समझ अनुसार खोजी रहेका छौ त्यौ बाहिर कुनै पनि ठाउँमा छैन । त्यो दिव्य आनंद हाम्रो भित्र छ । यो बुझनको लागि सांसारिक वा आध्यात्मिक जगतमा ध्यान–साधना बाहेक कुनै उपाय नै छैन । ध्यान–योग को कुनै पनि धर्मसित संबंध छैन यो शुद्ध विज्ञान हो, जसरी विज्ञान कारण र परिणाम बाट प्रारंभ हुन्छ । त्यस्तै कसैले पनि ध्यान गरेर यसको लाभ हेर्न सक्छ । चूँकि ध्यानयोग को सम्बन्ध कुनै धर्म विशेष सित छैन यस कारण सर्व धर्मका मानिस बिना हिचक व झिझक यसको प्रयोग गर्न सक्छन र गरि रहेको पनि छ । कुनै पनि व्यक्ति दैनिक पन्द्रह मिनट को अभ्यास गरेर यसको चमत्कारिक लाभ पनि हेर्न सक्छन । तर कम्तीमा ४५ दिन गरे पछि मात्र यसको प्रभाव हेर्न सक्छन । वर्तमान समयमा सर्वधर्मको व्यक्तिहरु ध्यान–साधना गरि रहेका पनि छन । डॉक्टरहरु पनि ध्यान–साधना को लागि सलाह दिइरहको छन् । औषधि निर्माता कंपनीहरु मेडिटेशन म्यूजिक पनि निकाली रहे का छ । हामीको हूँ, कहाँबाट आएको छु, मरेपछि कता जानछु । यो सबै प्रश्नको जबाफ ध्यान–योग सित छ यो पक्का हो ।

ध्यानको वैज्ञानिक प्रभाव
हम्रो शरीरको व्यवस्थापन राम्रो तरीकाले गर्नको लागि ग्लैंडहरुले विभिन्न प्रकार काहार्मोन र रसायनको श्राब गर्छ । जसले गर्दा स्वास्थ्य, कार्यक्षमता, धैर्यता, आत्मविश्वास, समझ र शांतिमा वृद्धि हुन्छ । तर विशेष कुरा के छ भने जब मन शांत रहन्छ, त्यो बेला र जब हामी गहिरो नींदमा रहन्छौ त्यो बेला मात्र ग्लैंडहरुले विभिन्न हाम्रोन को श्राव गर्छ । यो हार्मोनहरुले नै मानसिक शांति, आध्यात्मिक ज्ञान, उच्च समझ तथा परम संतोषको अनुभूति गराउँछ । यति मात्र हैन विवेक, संतुष्टि र सकारात्मक सोचमा पनि वृद्धि गर्छ ।
वर्तमान भागदौड़, अस्तव्यस्त तथा अत्यधिक प्रदूषित वातावरण भएको कारण ग्लैंडको कार्यक्षमता असंतुलित भईसकेको छ । निद्रा पनि राम्रो लाग्दैन । जुन बेला निद्रा आउँछ त्यो बेला सुत्नेको लागि समय रहदैन र सुत्नेको समय पाउने बेला निद्रा नै रहदैन । यस अति नै जटिल समस्याबाट मुक्तिको लागि हामी लाई दैनिक एउटा ध्यान साधना गर्नु पर्छ ।

माइंड मैनेजमेन्ट मेडिटेशन टेक्नीक (मनस प्रबन्धन ध्यान विधि)
हुनत जुन बेला पनि ध्यान गर्न सकिन्छ तर प्रातःकाल र निश्चित समयमा ध्यान गर्न धेरै उपयुक्त हुन्छ । ध्यान प्रारंभ गर्न पहिला कति मिनटको लागि ध्यानमा बस्नु हुन्छ यो मनमा सोच्न पर्छ । किनकि यो सोचे पछि समय पूरा भये पछि हाइपोथेलेमसले संकेत गरि दिन्छ । 
खुकुलो लुगा लगायेर सुखासनमा सुखपूर्वक लगातार १५ मिनट सम्म आँखा बन्द गरेर बसि राख्ने । बसे पछि आमा–बुआको अनुहार समझिने, सबैको कल्याण होस सबैको जीवन सुखी होस हामी यसको मंगलकामना गर्दछु यो प्रार्थना गरने, त्यसपछि आफ्नो अनुहारलाई सम्झिने। त्यस पछि आसपासको सबैप्रकारको आवाजहरुलाई सुन्ने । पहिलो चरणमा लगातार पाँच मिनट सम्म नाकबाट तीव्र गतिले गहिरो र लामो साँस लिने र छोडने त्यसपछि दस मिनट सम्म एकदम शांत र शिथिल भयेर स्वतः चलि रहेको साँस माथि पूर्ण रुपमा ध्यान लगाउने । आफू तर्फबाट लामो र सानो प्रयास न गरिने प्रत्येक श्वाँस–प्रश्वास लाई अनुभव गर्दै जाने । ध्यानगर्ने वेला मनमा विचारको प्रभाव तेज हुन्छ तर तपाई त्यस विचारहरु लाई राम्रो वा न राम्रो न भन्नु होला ।
यसको नियमित प्रयासबाट विचार हराउदै जान्छ । प्रत्येक दिन चेतनाको स्तरमा स्वच्छता आउदै जान्छ । चूँकि २४ घंटामा १४४० मिनट हुन्छ । तर १५ मिनट निकाल्न पनि हामीलाई कठिन हुन्छ । प्रतिदिन हाम्रो मनले २ वटा बहाना बनाउँछ । तर जब सम्म गर्नुहुन्न । हाम्रो जीवन स्वस्थ, सुखी र आनंदित हुन सक्दैन । कति दिन सम्म हामी यस पृथ्वी ग्रहमा रहन्छौ हामीलाई थाहा छैन तर एकदिन रहदैन यो सबैलाई थाहा छ । यस जीवनको रहस्यलाई बुझनको लागि आज देखि ध्यान साधना गर्नुस । जीवनको कुनै पनि समस्याको समाधान संगै–संगै आउँनेछ । धेरै समस्या र तनावको कारणहो हाम्रो गलत क्रिया कलाप यसो भन्नाले गलत सोच, अशुद्ध भाव, तथा नकारात्मक विचारलाई बुझनुस । जसरी पानी तल तिर भाग्छ र आगोको मुस्लो माथि तिर जान्छ त्यस्तै मनको पनि स्वभाव हो तल तिर जाने । यसलाई माथि उठाउनको लागि ध्यानको शक्तिको आवश्यकता पर्दछ । आध्यात्मिक जगतमा सांसारिक समस्यासित मुक्तिको लागि ध्यान नै प्रथम र अंतिम बाटो छ ।

यसको लाभ
अनावश्यक इच्छा र विचारहरुसित मुक्ति, तनाव र अवसादबाट मुक्ति, इम्यून शक्तिमा वृद्धि, उच्च र निम्न रगत दबाबलाई संतुलित तथा दर्द र अनिद्राबाट मुक्ति । यसबाहेक एकाग्रता,धैर्य, आत्मविकास, स्मरण शक्ति र शांतिमा वृद्धि गर्छ ।

लेखक माइंड मैनेजमेन्ट इंटरनेशनलको निर्देशक हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?