आन्दोलन छोडेर देश निर्माणको अभियानमा जुट्न कांग्रेसलाई आग्रह


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई आन्दोलन छोडेर देश निर्माणको अभियानमा जुट्न आग्रह गरेका छन् ।

सोमबार स्वतन्त्र विद्यार्थी युनियन, आरआर क्याम्पसले काठमाडांैमा आयोजना गरेको रचनात्मक कार्यक्रममा बोल्दै उनले देशको आर्थिक उन्नतिका लागि रचनात्मक काम गर्न छाडेर आन्दोलन गरिरहे नेपाली कांग्रेस आफै कमजोर हुँदै जाने बताए ।

स्ववियू चुनाव तोकिएकै मितिमा सम्पन्न गर्न पनि सरकारसँग उनले माग गरे ।
स्ववियू चुनाव पछि धकेल्ने प्रयास नगर्न पनि नेपाली कांग्रेसलाई सचेत खनालले चेतावनी दिए ।

आफ्नो विद्यार्थी संगठन नेविसंघले हार्ने निश्चित भएपछि नेपाली कांग्रेसले स्ववियू चुनाव फागुन १४ गतेबाट पछि सार्ने प्रस्ताव अघि सारेको वरिष्ठ नेता खनालको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?