भेनेजुएलाबारे नेकपाको अडान यथावत


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले भेनेजुएला प्रकरणमा पुर्व अडान यथावत राखेको छ ।

पार्टीको सोमबारको बैठकले कुनैपनि देशमाथि बाह्य हस्तक्षेप हुन नहुने अडान दोहो¥याएको हो ।

बैठकपछि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले कुनै समस्या आए त्यही देशका जनताले शान्तिपूर्ण रुपमा समाधान खोज्नुपर्ने आफ्नो पार्टीको धारणा रहेको बताए ।

उनले नेकपा संयुक्त राष्ट्रसंघको बडापत्र र पञ्चशीलको सिद्धान्तहरुप्रति सदा प्रतिवद्ध रहेको पनि उल्लेख गरे ।

बैठकले मंगलबार नै अहिलेसम्मको कार्यप्रगतिको विवरण सहित प्रतिवेदन बुझाउन कार्यदललाई निर्देशन दिएको छ ।

‘पार्टीले सांगठनिक एकीकरणको कार्यभार पूरा गर्ने उद्देश्यका निम्ति गृहकार्य गरी सुझाब प्रतिवेदन पेस गर्न स्थायी समितिले कार्यदल बनाएको थियो’, प्रवक्ता श्रेष्ठले भने,’ त्यो कार्यदललाई आजको सचिवालयको बैठकले भोलि नै आफ्नो अहिलेसम्मको कार्यप्रगतिको विवरणसहित प्रतिवेदन सचिवालयलाई बुझाउन निर्देशन दिएको छ ।’

कार्यदलले प्रतिवेदन सचिवालयलाई बुझाइसकेपछि त्यसबारेमा आवश्यक निर्णय सचिवालयले लिने र स्थायी समिति बैठकमा बुझाउने श्रेष्ठको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?