सरकारविरुद्ध कांग्रेसको देशव्यापी प्रदर्शन


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज सरकार विरुद्ध देशव्यापी विरोध प्रदर्शन गरेको छ । कांग्रेसले ७७ वटै जिल्लामा प्रदर्शन गरेको हो ।

विरोध प्रदर्शनका लागि कांग्रेसका नेता तथा कार्यकर्ताहरु जिल्लाका विभिन्न क्षेत्रबाट एकै ठाउँमा भेला भएर प्रदर्शन गरेका छन् ।

कांग्रेसले रत्नपार्कस्थित शान्तिबाटिकाबाट प्रधानमन्त्रीको पुत्लासहितको ¥याली निकालेको छ ।

प्रधानमन्त्रीजी वाइडबडी काण्ड कता हरायो भनेर व्यङ्ग्यत्मक ढंगले विरोध गरेका हुन् । नेपाली कांग्रेसको विरोध प्रदर्शनमा वाइडबडी जहाज प्रकरणमा सरकारले छानबिनमा ढिलाइ गरेको भन्दै प्रतिकात्मक जहाज पनि उडाइएको थियो ।

विरोधसभाका लागि कांग्रेस शीर्ष तथा केन्द्रीय नेताहरु जिल्ला जिल्लामा पुगेका छन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेल गृह जिल्ला तनहुँको विरोध प्रदर्शनमा उत्रिएका छन् ।
यसैगरी उपसभापति विमलेन्द्र निधिले धुनषामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

महामन्त्री सशांक कोइरालाले नवलपुरको विरोध प्रदर्शनको नेतृत्व गरेका छन् । पूर्व महामन्त्री कृष्ण सिटौला झापामा विरोध प्रदर्शनमा सहभागि भएका छन् ।

पार्टी प्रवक्ता विश्व प्रकाश शर्मा चितवनको विरोध सभामा सहभागी भएका छन् ।
नेता शेखर कोइराला मोरङको प्रदर्शनमा सहभागी भएका छन् ।

युवा नेता गगन थापा पोखराको विरोध सभामा सहभागी भएका छन् ।
कांग्रेसले सरकारको विरुद्धमा माघ १३ गते बसेको केन्द्रीय समितिको बैठकले देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको थियो । सोही अनुसार प्रदर्शन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?