आइसिसीले छिट्टै क्यान माथिको निलम्बन फुकुवा गर्छ : मन्त्री विश्वकर्मा


काठमाडौं । युवातथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले छिट्टै नेपालक्रिकेट परिषद् (क्यान) माथिलगाएको निलम्बन फुकुवा गर्ने बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री विश्वकर्माले आइसिसीले दिएको रोडम्याप अनुसार क्यानको ५ सदस्यीय तदर्थ समिति गठन गरेर नयाँ नेतृत्वका लागि चुनावको तयारी भइरहेको बताए ।

साधारणसभा तथानयाँ नेतृत्वचयनको विषयलाई लिएर नेपालक्रिकेट संघमा देखिएको (क्यान) विवादले उग्ररुप लिएपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले २०७३ वैशाखमाक्यानलाई निलम्बन गरेको थियो ।

आइसिसीले भनेअनुसार विधान संशोधन पनि भइसकेको स्मरण गराउँदै उनले क्यानका निर्वाचित पदाधिकारीले अदालतमा मुद्दा हालेकाले निलम्बन फुकुवा गर्न ढिला भएको बताए ।

सरकारकै पहलमा निर्वाचित पदाधिकारीलाई मुद्दा फिर्ताको निवेदन दिन लगाइ सकिएकाले अब प्रक्रियागत ढंगले क्यानमाथिको निलम्बन फुकुवा हुने मन्त्री विश्वकर्माले बताए ।

उनले आइसिसीमार्फत नेपाली क्रिकेट खेलाडीले पाउने पारिश्रमिक पनि क्यानको निलम्बन फुकवापछि प्राप्त हुने बताए ।

निलम्बनपछि क्रिकेट खेलाडीले पाउँदै आएको पारिश्रमिक रोकिएको थियो । आइसिसीको निलम्बनमा पर्नु अघि क्यानले खेलाडीलाई ‘ए’, ‘बी’ र ‘सी’ तीनश्रेणीमा वर्गीकरण गरी सम्झौता गरेर सन् २०१५ को जनवरीदेखि मासिकतलबदिन शुरु गरेको थियो । तर, क्यानले भने निलम्बनमा परेसँगै खेलाडीको तलबसमेत रोकेको थियो ।

‘ए’ श्रेणीमा पर्ने खेलाडीले मासिक रु ३५, ‘बी’श्रेणीका खेलाडीले मासिक रु २५ र सी श्रेणीका खेलाडीले मासिक रु १५ हजारका दरले पछिल्लो दुई वर्षको तलबपाएका छैनन् ।

नेपालमा बन्दै गएको सकारात्मक वातावरणलाई मनन गर्दै निलम्बन फुकुवा गर्न मन्त्रीविश्वकर्माले आइसिसीलाई आग्रह समेत गरे ।

खेलाडिलाई खेल्ने उचितवातावरण, पूर्वाधार र पारिश्रमिककालागि सरकार प्रतिवद्ध रहेको भन्दै उनले खेलेर भविष्य सुनिश्चितगर्न सक्ने अवस्थामापुर्याउने प्रतिवद्धता व्यक्त गरे ।

क्रिकटकै प्रसंगमा मन्त्रीविश्वकर्माले मुलपानीक्रिकेट मैदान साँढे दुई वर्षभित्रनिर्माण सम्पन्न गरिने दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?