सुन प्रकरणमा मुछिएका खड्का दुबईमा पक्राउ


काठमाडौं । साढे ३३ किलो सुन प्रकरणमा मुछिएका एक अभियुक्त दुबईमा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा हरिशरण खड्का छन् । पक्राउ परेका खड्कालाई नेपाल ल्याउन पहल शुरु गरिएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिएका छन् ।

खड्कासहित प्रकरणमा संलग्न १२ जनाविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी भएको थियो ।

काभ्रे घर भएका ४० वर्षीय खड्का एक दशकयता यूएईमै बस्दै आएका थिए । वैदेशिक रोजगारीका लागि गएका उनी पछिल्ला वर्षहरुमा जागिर छाडेर सुन तस्करीमा लागेको अनुसन्धानकर्ताहरु बताउँछन् ।

यसअघि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २१ पुस ०७३ मा बरामद गरेको साढे ३३ किलो सुन प्रकरणमा पनि उनी मुछिएका थिए ।

नेपालमा रहेका सुन व्यवसायीसँग मिलेर उनले दूबईबाट सुन पठाउने काम गर्दै आएको खुलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?