क्यानको निलम्बन फुकुवा हुँदैछ : मन्त्रीविश्वकर्मा


 

माघ २२, काठमाण्डौ । युवा तथा खेलकूद मन्त्री जगतबहादुर विश्वकर्माले अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले छिटै नेपाल क्रिकेट परिषद् (क्यान) माथि लगाएको निलम्बन फुकुवा गर्ने बताएका छन् ।

रिपोर्टस क्लब नेपालले मंगलबार गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री विश्वकर्माले आइसिसीले दिएको रोडम्याप अनुसार क्यानको ५ सदस्यीयतदर्थ समिति गठन गरेर नयाँ नेतृत्वका लागि चुनावको तयारी भइरहेको दावी गरे ।

साधारणसभा तथानयाँ नेतृत्वचयनको विषयलाई लिएर नेपाल क्रिकेट संघमा देखिएको (क्यान) विवादले उग्ररुप लिएपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले २०७३ वैशाखमा क्यानलाई निलम्बन गरेको थियो ।

आइसिसीले भने अनुसार विधान संशोधनपनि भइसकेको स्मरण गराउँदै उनले क्यानका निर्वाचित पदाधिकारीले अदालतमा मुद्धा हालेकाले निलम्बन फुकुवा गर्न ढिला भएको बताए । सरकारकै पहलमा निर्वाचित पदाधिकारीलाई मुद्धा फिर्ताको निवेदन दिन लगाइ सकिएकाले अब प्रक्रियागत ढंगले क्यानमाथिको निलम्बन फुकुवा हुने मन्त्री विश्वकर्माले बताए ।

साक्षात्कारमा मन्त्री विश्वकर्माले आइसिसीमार्फत नेपाली क्रिकेट खेलाडीले पाउने पारिश्रमिक पनि क्यानको निलम्बन फुकवापछि प्राप्त हुने बताए ।

निलम्बनपछि क्रिकेट खेलाडीले पाउँदै आएको पारिश्रमिक रोकिएको थियो । आइसिसीको निलम्बनमा पर्नु अघि क्यानले खेलाडीलाई ‘ए’, ‘बी’ र ‘सी’ तीन श्रेणीमा वर्गीकरण गरी सम्झौता गरेर सन् २०१५ को जनवरीदेखि मासिक तलब दिन शुरु गरेको थियो । तर, क्यानले भने निलम्बनमा परेसँगै खेलाडीको तलबसमेत रोकेको थियो ।

‘ए’ श्रेणीमा पर्ने खेलाडीले मासिक रु ३५, ‘बी’श्रेणीका खेलाडीले मासिक रु २५ र सी श्रेणीका खेलाडीले मासिक रु १५ हजारका दरले पछिल्लो दुई वर्षको तलबपाएका छैनन् ।

नेपालमा बन्दै गएको सकारात्मक वातावरणलाई मननगर्दै निलम्बन फुकुवा गर्न मन्त्रीविश्वकर्माले आइसिसीलाई आग्रह पनि गरे ।

हिजो बसेको मन्त्रीपरिषद् बैठकले युएईविरुद्धको टि–२० र एक दिवसीयसिरिज जितेर आएका खेलाडीलाई जनही ५ लाख रुपैयाँदिएर सम्मान गर्ने निर्णय गरेको पनि मन्त्री विश्वकर्माले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?