क्रिकेट खेलाडीलाई जनही ५ लाख


काठमाडौं । सरकारले युएईविरुद्धको एक दिवसीय र टि–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला जित्न सफल नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई जनही ५ लाख रुपैयाँ नगदसहित सम्मान गर्ने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।  युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सरकारले खेलाडीहरुको योगदानको उचित सम्मान गर्न लागेको बताए ।

मन्त्री विश्वकर्माले नयाँ पुस्तालाई पनि खेलकुद क्षेत्रमा आकर्षित गर्ने गरी खेलकुद क्षेत्रको विकास गर्ने प्रतिवद्धता जनाए ।

मन्त्री विश्वकर्माले नेपाली राष्ट्रिय क्रिकेट टिमले एकपछि अर्को सफलता हासिल गर्दै गएकोमा आभार व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?