झोले एनजीओकाे नाममा एक करोड वितरण


काठमाडौं – समाज कल्याण परिषद्का पदाधिकारीले मापदण्ड मिचेर ३२ झोले एनजीओलाई एक करोड वितरण गरेका छन् । रकम बाँड्न पदाधिकारीले अनुदान, कार्यविधि नै संशोधन गरेका छन् ।

‘प्रस्ताव आह्वान नै नगरी अपारदर्शी ढंगबाट ५० लाख निकासा भयो । दोस्रो किस्ता लिन ती एनजीओ सञ्चालकहरु अहिले परिषद् धाइरहेका छन्,’ स्रोतल जानकारी दियो । गत पुुस २७ मा पदाधिकारी बैठकले एनजीओलाई टेबल मनिटनिङ गरी रकम दिने निर्णय ग-यो ।

परिषद्का कोषध्यक्ष वीरबहादुर ठगुन्नाले कार्यसञ्चालन समितिबाट निर्णय गराएर अनुदान रकम वितरण गराएका हुन् । परिषद् कार्यसञ्चालन समितिमा महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री, उपाध्यक्ष कोषाध्यक्ष र सदस्यसचिव रहने व्यवस्था छ ।

 अन्नपूर्णबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?