नेवि संघका अध्यक्ष महरसहित ६ जना प्रहरी नियन्त्रणमा


काठमाडौं । सरकारविरुद्ध आन्दोलन गरिरहेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष नैनसिंह महरसहित ६ जनालाई प्रहरीले मंगलबार नियन्त्रणमा लिएको छ ।

मंगलबार नयाँ बानेश्वरमा निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा अध्यक्ष महर, उपाध्यक्ष नवीन राईसहित ६ जना रहेका छन् ।

उनीहरुलाई पक्राउ गरी महेन्द्र पुलिस क्लबमा राखिएको छ । उनीहरुले पोखरामा झुटो मुद्दा लगाएर थुनामा राखिएका विद्यार्थी नेताहरुलाई विना सर्त रिहाइको माग समेत गरेका छन् ।

यहि माघ १९ गते शनिबार सरकारी सवारी साधनको आवतजावतमा अवरोध पु¥याउने नेविसंघको आन्दोलनका क्रममा गाडीमा आगजनी भएपछि कास्की प्रहरीले केही विद्यार्थीलाई पक्राउ गरेका थियो । तर नेविसंघले उनीहरुमाथि प्रहरीले सरकारको ठाडो आदेशमा झुटा मुद्दा लगाएर फसाउन खोजेको दाबी गर्दै आन्दोलन घोषणा गरेको छ ।

आन्दोलन अन्तर्गत नेविसंघले बुधबार गण्डकी प्रदेशमा सरकारी सवारीसाधन चल्न नदिने, माघ २४ गते पोखरामा वृहत् सभा गर्ने र माघ २५ गते देशभर सरकारी सवारी साधन चल्न नदिने घोषणा समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?