अभियन्ता हजारेले तोडे अनसन


एजेन्सी । लोकआयुक्तको नियुक्तिलाई लिएर आमरण अनसनमा बसेका भारतका सामाजिक अभियन्ता अन्ना हजारेले ७ औँ दिन आफ्नो अनसन तोडेका छन् ।

महाराष्ट्रको रालेगण सिद्धिमा अनसन गरिरहेका अन्नाले स्थानीय मुख्यमन्त्री देवेन्द फडणबीससँग कुराकानी गरेपछि सात दिन लामो अनसन मंगलबार तोडेका हुन् । फडणबीसले लोकपालको नियुक्तिको प्रक्रिया चाँडै शुरु गर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?