प्रतिनिधिसभा बैठक बस्दै


काठमाडौं । प्रतिनिधिसभा बैठक आज दिउँसो एक बजे बस्ने भएको छ । बैठकमा चार जना मन्त्रीसँग आठ वटा प्रश्न सोध्नका लागि सांसदहरुले संसद सचिवालयमा प्रश्नहरु दर्ता गराइसकेका छन् ।

सांसदहरुले चार जना मन्त्रीसँग आठवटा प्रश्न दर्ता गराएका हुन् ।

प्रतिनिधिसभाको प्रश्नोत्तर शीर्षकमा सांसदहरुले गृह मन्त्री, कृषि तथा पशुपंक्षी विकास मन्त्री, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री, वन तथा वातावरण मन्त्री र अर्थ मन्त्रीसँग प्रश्न सोध्नेछन् ।

गृहमन्त्री रामबहादुर थापासँग निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरणको विषयमा सांसद डिला संग्रौलाले प्रश्न सोध्नेछिन् ।

गृहमन्त्री थापासँग नै सांसद देवेन्द्रराज कँडेलले काठमाडौंको काँडाघारीमा भएको इन्काउन्टर सम्बन्धी प्रश्न सोध्ने कार्यक्रम रहेको छ । त्यस्तै सांसद सरिता न्यौपाने, रामबहादुर विष्ट, धनश्याम खतिवडा, दिलेन्द्र बडुलगायतले प्रश्न सोध्ने कार्यसूची रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?