गान्धीको पुत्ला बनाएर गोली हान्ने पक्राउ


एजेन्सी । महात्मा गान्धीको पुत्ला बनाएर गोली हान्ने दुई जना पक्राउ परेका छन् ।

अखिल भारत हिन्दू महासभाकी राष्ट्रिय सचिव पूजा शकुन पाण्डेय र उनका श्रीमान अशोक पाण्डेयलाई भारतीय प्रहरीले उत्तर प्रदेशको नोएडाबाट मंगलबार पक्राउ गरेको हो ।

जनवरी ३० तारिखका दिन गान्धी स्मृति दिवसका अवसरमा पूजाले एयर गनले महात्मा गान्धीको पुत्लामाथि गोली प्रहार गरेकी थिइन् ।

उनीसँगै उनका श्रीमान र समर्थकहरुले गान्धीका हत्यारा नाथुराम गोड्से अमर रहुँन भन्दै जयजकार गर्दै नाराबाजी गरेका थिए ।

घटनामा संलग्न भएको आरोपमा १२ जनाविरुद्ध उत्तर प्रदेशको अलिगढमा मुद्दा दर्ता भएको छ ।

हिन्दू दक्षिणपन्थी समूहले महात्मा गान्धीको स्मृति दिवसमा नाथुराम गोड्सेको सम्मानस्वरुप सौर्य दिवसका रुपमा मनाउँदै आएको छ । हिन्दू महासभा सन् १९१५ मा मदन मोहन मालवीयले स्थापना गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?