स्वाइन फ्लुका कारण ८८ को मृत्यु, कैयौं प्रभावित


नयाँ दिल्ली (एजेन्सीहरु)ः भारतको राजधानी नयाँ दिल्लीमा स्वाइन फ्लुका कारण यस बर्षको शुरूदेखि आइतबारसम्म ११ जनाको मृत्य भएको दिल्लीको राज्य सरकारले दिएको तथ्याङ्मा जनाइएको छ । त्यस्तै एएनआईले राजस्थानको जोधपुर र हिमाञ्चलप्रदेशको सिम्लाबाट जनाएअनुसार जनवरी १ देखि फ्रेबुअरी ५ सम्म ८८ को मृत्यु भएको र त्यसमध्ये राजस्थानको जोधपुर जिल्लामा मृत्यु दर्ता गरिएको संख्या २६ पुगेको छ । राजस्थान सबैभन्दा धेरै स्वाइन फ्लु राज्य रहेको छ । ११ हजार ८ सय ११ लाई परीक्षण गरिएकोमा पजिटिभ केश २ हजार ५ सय २२ मा पाइएको थियो । त्यस्तै हिमाञ्चलप्रदेशमा ३ सय २९ लाई परीक्षण गरिएकोमा २ सय १३ पजिटिभ पाइएका थिए । जहाँ एचवान एनवान इन्फुइन्जाका कारण १६ को मृत्यु भएको जनवरी १ मा जनायएको छ । दिल्ली, हरियाणा र पञ्जावसमेत महाराष्ट्रमा पनि यसका प्रभाव देखिएको छ । त्यस्तै नयाँदिल्लीबाट एजेन्सीहरुले दिएको अर्को समाचारअनुसार तथ्याङ्क अनुसार सन् २०१९ मा स्वाइन फ्लु प्रभावित एक हजार ११ विरामी भेटिएकामा ११ जनाको विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । रोगको प्रकृतिका कारण सार्वजनिक रूपमा प्रचार नगरिकन निधानको प्रयास भइरहेको एक सरकारी अस्पतालका चिकित्सकले बताएका छन् ।
गत बर्ष स्वाइन फ्लुका विरामीको सङ्ख्या २०५ रहेको र दुई जनाको मृत्यु भएको थियो । यस बर्ष उक्त सङ्ख्या निकै धेरै देखिएको बताइएको छ । जनवरी २९ सम्म स्वाइन फ्लुका विरामीको सङ्ख्या ५१२ रहेकोमा करिब एक हप्ताको समयमा बिरामीको सङ्ख्यामा दोब्वर देखिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । दिल्ली सरकारले आफ्ना सबै अस्पतालमा चाहिने औषधि, खोप, तथा अन्य उपचारका सामग्रीको वेलैमा स्थानीय तहमा खरिद गरी विरामीलाई स्वास्थ्य सेवाको कमी हुन नदिन सावधानी गराइएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?