कश्मीर मुद्दामा पाकिस्तानलाई बेलायतको फेरि झापड


नयाँदिल्ली (एजेन्सी): भारतले पाकिस्तानले राष्ट्रमण्डलका नाममा कश्मीर मुद्दालाई बेलायत सरकारबाट नाता जोड्न खोजेको विषयलाई लिएर भारतले आफ्नो चासो देखाएको छ । एएनआईका अनुसार हाउस अफ कमन्समा पाकिस्तानका विदेशमन्त्री शाह मेहमुद कुरेसीले कश्मीरका बारेमा आयोजना गर्न खोजेको समारोहलाई भारतले आपत्ती जनाएपछि पाकिस्तानको त्यो योजना धरापमा परेको छ । भारतले बेलायतलाई कश्मीरका बारेमा कुनै पनि कार्यक्रम राष्ट्रमण्डलको व्यानरमा गरियो भने त्यो भारत विरोधी गतिविधि हुनेछ भन्ने कडा अडान बेलायत समक्ष राखेको थियो । सुत्रका अनुसार बेलायतले हाउस अफ कमन्स इभेन्टमा सरकारी तहबाट कुनै संलग्नता नरहने र बेलायतको कश्मीरका बारेमा पुरानो अडान परिवर्तन नहुने स्पष्ट गरेको एएनआईले जनाएको छ । बेलायतले पाकिस्तानी विदेशमन्त्रीको बेलायत यात्रालाई उनको निजी यात्राका रुपमा लिएको छ । भारतले कुटनीतिक रुपमा बेलायतमाथि दवाव बढाएपछि बेलायती विदेशमन्त्री र पाकिस्तानी विदेशमन्त्रीका बीचमा त्यस्तो कुनै निर्णायक वार्ता नभएको बताइएको छ । बेलायतले कश्मीरका बारेमा आफ्नो पुरानो धारणालाई नै दोहोराएपछि कुटनीतिक रुपमा भारतले कश्मीरमा आफ्नो अडानलाई पुष्टि गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?