नेपाल समाजवादी कांग्रेसद्वारा संवैधानिक प्रजातन्त्र र हिन्दुराज्य स्थापनाको माग


काठमाडौं । नेपाल समाजवादी कांग्रेसले मुलुक बचाउन संवैधानिक प्रजातन्त्र र हिन्दुराज्यको स्थापनाको माग गरेको छ । शनिवार आफ्नो दलको कार्यालयमा एक प्रत्रकार सम्मेलनको आयोजना गरि उक्त दलले वतएमान शासन सत्ताले राज्यको अस्तित्व थेग्न नसक्ने बताएको छ । धर्म निरपेक्षता र संघीयता आयातित मुद्दा भएकाले देशको अस्तित्व रक्षाका लागि समेत दुवैको खारेजीको आवश्यक भएको दलले जिकिर गरेको छ । मुलुकमा कायम रहेको भनिएको अहिलेको लोकतन्त्रलाई क्रिमिनल डमेक्रेसीको संज्ञा दिदै स्वाधिनता र सार्वभौमिकताको रक्षाका लागि राष्ट्रिय एकता आवश्यक भएको दलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । समसामयिक राजनैतिक सन्दर्भ र मुलुक बचाउनका लागि आवश्यक विषयमा आफुहरुले वर्तमान सरकारको नेतृत्वलाई प्रत्यक्ष रुपमा भेटेर ज्ञापन पत्र बुझाउन खोज्दा समय नपाएपछि हुलाकमार्फत ज्ञापन पत्र प्रेषित गरिएको विज्ञप्तिमा जनाइएको छ । मुलुकमा संवैधानिक प्रजातन्त्र र हिन्दुराज्इ स्थापना नभएसम्स दलका राष्ट्रिय जागरणका कार्यक्रम जारी राख्ने निर्णय गरिएको समेत पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?