बढुवामा असन्तुष्टि जनाउँदै एसपी उप्रेतीले दिए राजीनामा


काठमाडौं । एसएसपी बढुवामा असन्तुष्टि जनाउँदै एसपी नरेन्द्रप्रसाद उप्रेतीले राजीनामा दिएका छन् ।

महानगरीय प्रहरी अपराध महाशाखामा कार्यरत एसपी उप्रेतीले प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाएका हुन् ।

बढुवामा असुन्तष्ट भएकाले राजीनामा दिएको उनले बताए । प्रहरी प्रधान कार्यालयले शनिबार राति मात्रै १४ जना एसपीलाई एसएसपी बढुवाका लागि सिफारिस गरेको थियो ।

बढुवामा आफूभन्दा जुनियर बढुवामा परेको तर आफू नपरेको भन्दै उनले आपत्ति जनाउँदै राजीनामा दिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?