मेलवर्न स्टार्सले सिड्नी सिक्सर्सलाई ९४ रनले हरायो


काठमाडौं । नेपाली युवा लेगस्पिनर सन्दीप लामिछानेको टिम मेलवर्न स्टार्सले सिड्नी सिक्सर्सलाई ९४ रनले पराजित गरेको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको मेलवर्नले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १ सय ६८ रन बनाएको थियो । १ सय ६९ रनको लक्ष्य पछ्याउने क्रममा सिड्नी ७४ रनमा समेटियो ।
योसँगै मेलवर्न स्टार्सले चौथो हुँदै सुपर फोरको यात्रा तय गर्न पनि सफल भएको छ ।

मेलवर्नका लागि नेपालका सन्दीप लामिछानेले टिमको ८ औं ओभरमा व्यक्तिगत पहिलो ओभर लिएर आएका थिए ।

पहिलो ओभरमा टिम कुरनलाई आउट गर्दै सन्दीपले टिमलाई छैटौं तथा व्यक्तिगत पहिलो विकेट लिए । पहिलो ओभरमा जम्मा एक रन खर्चिएका सन्दीपले दोस्रो ओभरमा ६ रन दिए । व्यक्तिगत तेस्रो ओभर बलिङ टिमको १२ ओभरमा गरेका थिए । जसमा उनले बेन डेरसिसलाई म्याक्सवेलको हातबाट क्याच आउट गराए ।

आफ्नो स्पेलको अन्तिम ओभर उनले १४ ओभरमा गरेका थिए । तर उनले पुरै ओभर बलिङ गर्न पाएनन् ।

१४ औं ओभरको चौथो बलमा लियोड पोपे आउट भएपछि सिड्नी ७४ रनमा समेटिन पुग्यो । सन्दीपले आज महत्वपूर्ण तीन विकेट लिँदा ११ रन खर्चिए ।

उनी आज सबैभन्दा कम इकोनोमी रेटमा विकेट लिने खेलाडी बने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?