यस्तो छ आजको विदेशीमुद्राको विनिमय


काठमाडौं । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर १ को खरिददर १ सय १३ रुपैयाँ ७९ पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ ३९ पैसा तोकेको छ ।

साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ३४ पैसा र बिक्रीदर ३० रुपैयाँ ५० पैसा छ । कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४२ पैसा तोकिएको छ ।

आइतबार यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९८ पैसा र बिक्रीदर ३१ रुपैयाँ १४ पैसा रहेको छ । त्यसैगरी मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ९६पैसा र बिक्रीदर २८ रुपैयाँ ११ पैसा तोकिएको छ ।

कुवेती दिनार १ को खरिददर ३ सय ७४ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३ सय ७६ रुपैयाँ ६५ पैसा रहेको छ । बहराइन दिनार १ को खरिददर ३ सय १ रुपैयाँ ८२ पैसा तथा बिक्रीदर ३ सय ३ रुपैयाँ ४२ पैसा तोकिएको छ । कोरियन वन एकसयको खरिददर १० रुपैयाँ १३ पैसा र बिक्रीदर १० रुपैयाँ १८ पैसा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?