सरस्वती पूजाको कार्यक्रम स्थलमै गोली हानी सांसदको हत्या


एजेन्सी । भारतको पश्चिम बंगालका तृणमूल कांग्रेसका सांसदको आज गोली हानी हत्या भएको छ ।

सांसद सत्यजित विश्वास सरस्वती पूजाका दिन आयोजित एक कार्यक्रममा सहभागी हुन जाँदा कार्यक्रममै गोली हानी हत्या भएको हो ।

कार्यक्रमको समयमा उनी मञ्चबाट ओर्लन लागेका थिए, त्यही बेला अज्ञात व्यक्तिले गोली प्रहार गरेको बताइएको छ ।

बन्दुक भने प्रहरीले बरामद गरेको छ । तृणमूल कांग्रेसले भने भारतीय जनता पार्टीलाई घटनाको आरोप लगाएको छ ।

तृणमूल कांग्रेस पार्टीका महासचिव पार्थो चटर्जीले घटनाबारे आरोप लगाउँदै बीजेपीलाई बंगालका जनताले यो घटनाको जवाफ दिने चेतावनी पनि दिएका छन् ।

भाजपाले भने तृणमूल कांग्रेसभित्रै चलिरहेको झगडाको कारणले घटना भएको र आपसी झगडाको नतिजा भएको बताएको छ ।

सत्यजित विश्वास कृष्णगञ्ज विधानसभा सिटबाट निर्वाचित सांसद हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?