पाकिस्तानको कारण सार्क भंग हुने खतरा


युगनाथ शर्मा पौडेल
सार्क सम्मेलन रोकिएको रोकिएकै छ। सार्क यो अबस्था रहेमा लगभग सार्क भग हुने खतरा बढेर जाने देखिन्छ ।, बिमस्टेक सम्मेलनले केही सकारात्मक सन्देश दिन खोजेको छ तर पनि त्यसको गति सुस्त रहेको भने छ तर सार्क पाकिस्तानका कारण भंग हुने हो कि भन्ने अबस्थामा पुगेको चियागफ हुन थालेका छन ती चिया गफ वास्तबिकतामा परिवर्तन हुन पनि सक्छ यो कुनै नौलो कुरा हुनेछैन । किनकी पाकिस्तानले आतंकबादको बारेमा उसको परिभाषामा आफुलाई हिडाउने गरेको छ तर उ यथार्त भन्दा धेरै टाढा रहेको छ । उसले आतंकबादको साहारामा युद्ध जित्न सक्दैन । हिजोको दिनको आतंकबादी अभियानले आज फेरि सफलता पाइने दिन छैनन । केही समय अगाडिको कुरा हो भारत र पाकिस्तानबीच न्युओर्कमा हुने भनिएको बिदेश मन्त्री स्तरीय बार्ता रद्द भएपछि भारतको बिदेशी मन्त्री सुषमा स्वराजले पाकिस्तानलाई आतंकबादी निर्यातकर्ता देशका रुपमा ब्याखा गरेकी थिइन र त्यो अडानबाट आजको दिनसम्म पनि भारत पछाडि हटेको अबस्था छैन । पछिल्लो दिनमा राष्टमण्डलकै हर्ताकर्ता बेलायत सरकारलाई समेत उपयोग गरेर पाकिस्तानी प्रधानमन्त्री कुरेसीले कश्मीर मुद्दालाई आफनो छलफलको एजेण्डामा ल्याउन कोशिस गरेका थिए तर बेलायतलले आफनो पछिल्लो अडान परिबर्तन नभएको जनाएर पुरानो अडानमा यथावत रहेको पुष्टि गरेको छ र यो भारतको पक्षबाट पछिल्लो पटकको कुटनीतिक जीत पनि हो । सबैलाई थाहा छ आजका दिनमा पाकिस्तान आतंकबादीहरुलाई निर्यात गर्ने देशका रुपमा बदनाम छ अफगानिस्तान र भारतको बारेमा उ आजको दिनमा बिश्व राजनीतिक रगमन्चमा एक्लिएको छ र यो उसको कर्मको फल हो जुन उसले सन ् १९८० देखि शुरु गरेको थियो आतंकबादलाई राज्यको समर्थन दिन । त्यसैले त्यो बेलामा बार्ता त्यो अबस्थामा रद्द भएको थियो जुन अबस्थामा पाकिस्तानमा नया इमरान सरकारसंग सम्बन्ध सुधार हुने आशा हरु बढेका थिए जुन केही समयमै तुसारापात भए । पाकिस्तानको कारण कश्मीरमा तनाब यथावत रहेको छ , भने पाकिस्तानले कश्मीरमा आतंकबादी मानिएका र गतबर्ष भारतीय फौजबाट मारिएका बुराहन बानीलाई कश्मीरी स्वतन्त्रता सेनानीको पगरी गुथाउदै पाकिस्तानी सरकारले उनको नाममा टिकट जारी गरेको घटनाले त भारतमा पाकिस्तानी नेताहरुमा सदबुद्धि आउन सक्ने सम्भावन पनि हटेको थियो त्यो पनि फेरि तनाबको कारण बनेको थियो । त्यो टिकट ,केही समय अगाडि जारी गरिएका पाकिस्तानका २० टिकटमा समाबेश गरिएको थियो र , यो घटना त्यस्तो बेलामा सार्बजनिक भएको थियो जुनबेलामा पाकिस्तानमा नया नेता इमरान खानको उदय भएको थियो तर उनलाई पनि पाकिस्तानको सेनाले नियन्त्रण गरेको र उनी पाकिस्तानमा सेना र त्यहाको गुप्तचर संस्था आइएसआईको नियन्त्रणमा रहेको पुष्टि भएको दाबी केही सुरक्षा बिज्ञले गरेका थिए जुन घटनाक्रमले पुष्टि गरेका छन । कश्मीरमा पाकिस्तानी सेनाले भारतीय बिदेशमन्त्री सुष्मा स्वराजको शब्दलाई जस्ताको तस्तै राख्ने हो भने आतंकबादलाई खुल्ला रुपमा सहयोग गरिरहेको छ उ आतकबाद निर्यातक देश हो र पछिल्लो समयमा भारतीय प्रहरीलाई पाकिस्तानी सेनाले अपहरण गरेर क्रुर यातना दिइ हत्या गरेको यो घटनामा त पाकिस्तानले मानबता बिरुद्धको अपराध नै गरेको छ उसलाइै त्यो प्रकरणमा अपराध यो आरोप काल्पनिक होइन यो वास्तबिक आरोप हो । पछिल्लो समयमा न्युओर्कमा हुने भनिएको बिदेशमन्त्री स्तरीय बार्ता रद्दको कारण पाकिस्तानी नया सरकारको आतंकबादी समर्थक नीति नै एउटा बलियो कारण हो । त्यसो त यो घटनापछि आएको पाकिस्तानी प्रधानमन्त्री इमरानको खानको टिप्पणीले उनको प्रधानमन्त्रीको स्तर कायम नभएको र उनको यो घटिया शैली हेर्दा भारत पाकिस्तानबीच तत्काल कुनै बार्ताको सम्भावना छैन त्यसमा पनि आजको दिनमा त त्यो सम्भावना धेरै कम रहेको छ । इमरान खानले आफनो पछिल्लो टवीटमा भनेका थिए कि मैले जीवनमा यस्ता धेरै साना मानिसलाई भेटेको छु जो ठूलो अफिसमा ठूलो कुर्सीमा बसेका हुन्छन तर उनीहरुसंग धेरै अगाडि देख्ने दुरदर्शी सोचको अभाव छ । इमरानको यो टिप्पणीलाई लिएर भारतमा सत्तापक्ष मात्रै होइन बिपक्ष पनि उनको आलोचनामा ओर्लिएको थियो ।
आजको पाकिस्तान बिश्वका धेरै देशबाट एक्लिएको छ । सार्क जस्तो क्षेत्रीय संगठन उसको आतंकबादी निर्यात गर्ने नीतिका कारण संकटमा परेको छ । सार्कलाई अगाडि बढाएर क्षेत्रीय रुपमा यसको उपयोगितालाई बढाउन सकिने अबस्थाहरु थिए तर त्यसमा पाकिस्तानको कश्मीरमा आतंकबादीलाई सघाउने नीति बाधक भएको छ र यो नै भोलिका दिनमा सार्कको औचित्य समाप्त हुने कारण बन्न सक्छ त्यसैले सार्कका अरु देशले पनि पाकिस्तानलाई आतंकबादको बिषयमा दबाब दिनु पर्ने अबस्था सृजना भएको छ । आजको दिनमा पाकिस्तान आर्थिक रुपमा पनि कमजोर भएको छ । आतंकबादको मुद्दामा पाकिस्तानको भूमिका सन्तोषजनक नदेखिएपछि अमेरिकाले पनि हिजोको जस्तो सहयोग दिन छाडेको छ आज । चीनले पनि उसको ब्यापारिक स्वार्थ बाहेक अरु कुनै कारणले पाकिस्तानको सहयोग गर्न सक्दैन यो सबैले बुझेको बिषय हो । त्यसैले आजको दिनमा पाकिस्तान अन्तराष्टिय रुपमा पनि दबाबमा छ किनकी उ आज एक्लिएको छ र उसले ठूलो आर्थिक संकटको सामना गर्ने अबस्था आउन सक्छ त्यसमा पनि भारत र अफगानिस्तानसंग उसको सम्बन्ध निरन्तर बिग्रनु भनेको उसकालागि ठूलो क्षति हो । पाकिस्तानको नया शासक क्रिकेटको दुनियाका त लोकप्रिय खेलाडी थिए उनको समयका तर राजनीतिमा उनले शुरुमै आतंकबादी बुराहुन बानीको नामको टिकट जारी गरेर राजनीतिक रुपमा उल्टो ब्याटिड शुरु गरेका छन आशा गरौ उनले त्यो कदमलाई एउटा गल्तीका रुपमा स्वीकार गनेछन । पाकिस्तानले सिकाएको पाठ के हो भने त्यहा जनप्रतिनिधिहरुले शासन गर्दैनन र सेनाले त्यहाको राज्यसत्ता निरन्तर नियन्त्रण गर्छ । आजको दिनमा त्यो अझ बढदो रुपमा नै रहेको छ । त्यसले पनि भारत पाकिस्तान सम्बन्ध सामान्य रुपमा अगाडि बढेको छैन । पाकिस्तानले आतंकबादलाई सघाउने प्रतिबद्धता ब्यबहारमा नदेखाउने हो भने अरु कुरा त यस्तै रहला सार्क संगठनको औचित्य भने समाप्त हुने लगभग पक्कै जस्तो छ ।
अहिले नेपालमा भेनेजुयलाका कारण अमेरिका पनि चर्चा र चासोमा छ त्यसैले अमेरिका पनि एशियाको राजनीतिमा पछिल्लो दिनमा केही फरक रुपमा अगाडि आएको छ यो उसको बदलिएको दृष्य पनि हो । छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अघिल्लो बर्ष अमेरिकाको सयुक्त सदनलाई सम्बोधन गरृेका थिए । उनले नेपालको नाम पनि आफनो संबोधनमा लिएका थिए तर उनले नेपालको नाम त्यो बेलाको भूकम्पमा भारतले उसका छिमेकीहरुलाई गरेको सहयोगको चर्चा गर्दा लिएका थिए । जहा उनले अफगानिस्तानदेखि मल्दिप्ससम्म श्रीलंकादेखि राष्टसंघसम्म उनको सहयोगको चर्चा गरेका थिए । मोदीले पहिलो पटक भारत अमेरिका सम्बन्धलाई अपरिहार्य मित्रताको सज्ञा दिएका थिए । जुन भारत अमेरिका सम्बन्धमा पहिलो ऐतिहासिक अभिब्यक्ति पनि थियो । यस अगाडिका भारतीय प्रंधानमन्त्रीले शीतयुद्धको बेलामा पनि भारत रुस मित्रतालाई लिएर यो शब्दको प्रयोग गरेका थिएनन जबकी रुस भारतको हिजोदेखि आज पर्यन्त बलियो मित्र हो जसले उसलाई कठिन समयमा पनि सहयोग गरेको थियो । त्यसअर्थमा भारत अमेरिका सम्बन्धलाई सुमधुर हुनु बिश्वका लोकतन्त्रबादीहरुलाई बेखुसीको कुरा होइन । आजको अमेरिका बिश्वको पुरानो लोकतन्त्र हो भने आजको भारत बिश्वको बिशाल लोकतन्त्र हो यो सम्बन्धको पक्ष लोकतन्त्रको सुन्दरतमा रमाउन चाहनेहरुकालागि खुसीको कुरा हो तर कुरा यतिमात्र होइन । त्यो बेला मोदीले अमेरिकी सयुक्त सदनलाई सम्बोधन गर्दा जुन प्रकारले भारत अमेरिका रणनीतिक साझेदारीको कुरा ल्याएका थिए त्यो पनि कम महत्वको छैन । हिन्द महासागरदेखि प्रशान्त क्षेत्रमा रणनीतिक साझेदारीको कुरा अमेरिकी सिनेटमा गरिरहदा उनको समर्थनमा बजेका तालीहरुको बजन जोडदार नै थियो भारतको सुन्दर लोकतन्त्रकालागि । उनले आतंकबादका बारेमा जसरी अमेरिकी सिनेटरहरुलाई सम्झाएका थियो त्यसरी यस अगाडिका प्रधानमन्त्रीहरु मनमोहन सिंह बाहेक अरुले खुलेर सम्झाएका थिएनन मनमोहन र मोदीले एउटै शैलीमा अमेरिकालाई आतंकबादको तश्वीर बुझाएका थिए । मोदीले पाकिस्तानको नाम नलिएरै भएपनि खुलेर आतंकबादलाई मलजल दिने आफनो छिमेकमा भएको कुरा बताएका थिए । उनले आतंकबादको राम्रो र नराम्रो बर्गीकरण नहुने भनेर उनले पाकिस्तानको पूर्ब र पश्चिममा आतंकबादको दोहोरो परिभाषामाथि प्रहार गरेका थिए । त्यसपटक मोदी आतंकबादको मुद्दामा धेरै नै आक्रमक देखिएका थिए । उनले लस्कर ए तोइबादेखि तालिबान र आइ एसको नाम लिदै आतंकबादले दक्षिण एशिया देखि अफ्रिकासम्म सताएको चर्चा गरका थिऐ । त्यसो त डि कम्पनीका मुखिया दाउद इब्राहिम मात्र होइन जैस ए मोहमदका नायक हफिज सइदका बारेमा त भारतीय सञ्चार माध्यम धेरै नै परिचित रहेका छन
त्यसो त आजको दिनमा नेपालको सत्तामा बसेका सबै कुनै न कुनै दिन आतंकको सहारा लिएका बामपन्थीहरु नै थिए तर आजको दिनमा उनीहरुले युद्ध छोडेर बुद्धको सहारा लिएका छन र उनीहरुलाई जनताले आजको दिनमा सत्ता पनि दिएका छन केही समय अगाडिको कुरा गर्ने हो भने आतंकबादको खतराबाट सम्पूर्ण बिश्व नै आतंकित रहेको थियो । अमेरिका देखि भारत सम्म पठानकोटदेखि पेरिससम्म काबुल देखि ब्रसेल्सम्म लण्डनदेखि मूम्बइसम्म सबैले आतंकबादको कुरुप तश्वीर देखेका छन। त्यसैले आजको दिनमा नेपालले उसको भूमि आतंकबादीहरुले उसको छिमेकी देश बिरुद्ध प्रयोग नगरुन भनेर गम्भीर सतर्कता अपनाउनै पर्छ । मोदीले केही समय अगाडि भारतका छिमेकमै आतंकबादलाई पालिएको छ भनेर अमेरिकी संसदमै सार्बजनिक गरिसकेपछि त्यो छिमेक पाकिस्तान नै भए पनि खुल्ला हवाई सीमा भएको नेपाल पनि सतर्क रहनु पर्छ ।
सन १९८० पछिको दक्षिण एशियाको राजनीतिमा देखिएका केही उहापोहलाई हेर्दा आजको दिनमा धेरै अनुमानहरु गर्न सकिन्छ तर हिजोको चरित्र र पात्रहरु भने बदलिएका छन यो भने पक्कै हो हिजोको चासो दुई धुर्बमा बाडिएको बिश्व राजनीतिलाई सन्तुलनमा ल्याउने थियो भने आजको चासो आर्थिक बिकासमा केँिन्द्रत देखिन्छ । तर एकातिर आर्थिक बिकासका कुरा भइरहेका छन भने अर्कातिर आतंकबादले ती सबै प्रयासहरुलाइ प्रभाव पारेको अबस्था छ । नेपालको खुल्ला सीमा जोडिएको भारतका प्रधानमन्त्री मोदीले केही समय अगाडि एक देश पाकिस्तानको नाम नलिएर पनि उसले आतंकबादलाई सघाएको कुरा राखेर दक्षिण एशियामा आतंकबादको भयानक डरलाग्दो तश्वीर प्रस्तुत गरेका थिए बिश्व समुदायमा ।
हिजोको दिनमा पाकिस्तानको कुटनीतिक कबचको सहारामा नेपालको राजधानी काठमाण्डौबाट भारतीय जहाज अपहरण भएको र त्यसलाई तात्कालिक रुपमा पाकिस्तान समर्थित तालिबान नियन्त्रित अफगानिस्तानको कन्दाहारमा उतारिएको दृष्य देखेकाहरुले आजका दिनमा पनि पाकिस्तानको भूमिकामाथि निरन्तर आशंका गरिरहन्छन र यो सार्क सम्मेलनका लागि निरन्तर अबरोध हो । आजको दिनमा पाकिस्तानलाई सार्कको अन्य देशले आतंकबादको बारेमा दबाब नदिने हो भने सार्क जो आजको दिनमा कठिन अबस्थामा छ भूमिका बिहिन अबस्थामा लगभग भगको अबस्थामा पुग्न सक्छ त्यसलाई जोगाउनकालागि सार्कको अध्यक्षको नाताले नेपालको पनि केही दायित्व रहेका छन तर त्यसकालागि भारतको माग बमोजिम आतंकबादको बारेमा पाकिस्तानको कथनी र करणीमा एक रुपता आउनृ पर्छ । नेपालले सार्कलाई अगाडि बढाउनकालागि पाकिस्तानमाथि दबाब दिन सार्कका अन्यदेशहरुसग सम्बाद शुरु गर्दा हुन्छ किनभने यो अबस्था रहेमा सार्क इतिहास मात्र बन्ने खतरा बढदैछ ।

[email protected]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?