हिमालयन ह्वाइटहाउसमा ८ औं राष्ट्रिय विज्ञान प्रदर्शनी हुने


काठमाडौं । काठमाडौंको तीनकुने स्थित हिमालयन ह्वाइटहाउस इन्टरनेशनल कलेजमा आठौ राष्ट्रिय विज्ञान प्रर्दशनी हुने भएको छ । फाल्गुण ३ र ४ गते सो प्रदर्शनी हुने कलेजले विहीवार एक पत्रकार सममेलनमार्फत जानकारी गराएको छ । प्रदर्शनीमा देशभरिका २२ वटा विद्यालय तथा कलेजको सहभागिता रहने जनाइएको छ । उक्त प्रर्दशनीमा विद्यार्थीहरुले निर्माण गरेका विशेष गरेर स्मार्ट सिटी, ड्रोन, स्टेम प्रोजेक्ट, विन्ड मिल इनर्जी, रोवटिक्स, हाइड्रो प्रोजेक्ट तथा ग्रिन भिलेज जस्ता नविनत  जीवन उपयोगी प्रोजेक्टहरुको प्रदर्शनी हुने जानकारी कलेजले दिएको हो । कलेजमै दुई दिन सम्म चल्ने उक्त प्रदर्शनीमा करिव ३० वटा विद्यालयका ७ हजार भन्दा बढि विद्यार्थीले अवलोकन गर्ने आशा राखेको कलेजले जनाएको छ । प्रर्दशनी सँगसँगै प्रतियोगिता समेत हुने कलेजले जनाएको छ । प्रतियोगितामा प्रथम हुनेले ३० हजार, द्वितिय हुनेले रु २० हजार र तितृय हुनेले रु १५ हजार पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितमा प्रदर्शनीको मूल्यांकन विधिमा पावर पोइन्ट प्रिजेन्टेशन ३० प्रतिशत, पब्लिक एसएमएस २० प्रतिशत र
डेमेस्ट्रेस्न अर्थात प्रर्दशनी  ५० प्रतिशतको आधारमा गरिने जनाइएको छ । कलेजले यसरी राष्ट्रिय विज्ञान प्रदर्शनीको शुरुवात सन २०१० देखि गर्न थालेको हो । त्यो भन्दा पहिला कलेजले अन्तर कलेज तथा उपत्यका स्तरीय विज्ञान प्रदर्शनी तथा प्रतियोगिता गर्दै आएको थियो । संसारमा विज्ञान र प्रविधिका क्षेत्रमा भइरहेको तिव्रतर विकास अनुरुप देशका पाठयक्रम विकास गर्न नसकिएको कलेजका प्रिन्सिपल युवराज शर्माले बताए । विद्यार्थीलाई अन्तर्राष्टिय स्तरमा हुने विज्ञान प्रर्दशनीमा भाग लिन सहज होस् भन्नाका खातिर पनि घरेलु रुपमा आयोजना हुने यस्ता प्रर्दशनी तथा प्रतियोगिताले सहयोग पुग्ने कलेजका प्रिन्सिपल शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?