बोअर जातको बाख्रामा अनुसन्धानमा लक्ष्मी बैंकको सहयोग


काठमाडौं । लक्ष्मी बैंक र रामपुर कृषि तथा वन विज्ञान विश्वविद्यालयअन्तर्गत पशु विज्ञान, पशु चिकित्सालय र मत्स्य विज्ञान संकाय, रामपुरबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापछि बोअर जातको बाख्रामा अनुसन्धान गरेका सहायक प्राध्यापक दवा छिरिङ तामाङलाई बैंकले वित्तीय सहयोग प्रदान गरेको छ ।

बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गतको राष्ट्रिय प्राथमिकताका क्षेत्रमा आएका नवीन सोच एवं नेतृत्वलाई सहयोग पु¥याएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?