रेमिट्यान्स कारोबार निःशुल्क


काठमाडौं । एनआईसी एशिया बैंकले एनआईसी एशिया रेमिटमार्फत् आन्तरिक रेमिट्यान्स गर्दा अर्को रेमिट्यान्स कारोबार निःशुल्क उपलब्ध गराउने भएको छ ।
बैंकले आन्तरिक विप्रेषण कारोबार गर्ने उपभोक्तालाई उच्चतम सेवा दिन सो योजना ल्याएको हो ।

बैंकले ‘सेन्ड वन डोमेस्टिक रेमिट्यान्स एन्ड गेट वन फ्रि’ सार्वजनिक गरेको छ । बैंकले यो योजना यही फागुन र चैत महिनाका लागि ल्याएको हो । रेमिट मार्फत स्वदेशमा आन्तरिक विप्रेषण कारोबार गर्दा न्यून शुल्क लाग्ने अवस्थामा यस योजनाले आन्तरिक विप्रेषण कारोबार गर्ने ग्राहक अझ बढि लाभान्वित हुने विश्वास बैंकको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?