त्रिकोण एडभर्टाइजिङद्वारा थेरापी मेसिन सहयोग


काठमाडौं । मुलुककै अग्रणी विज्ञापन एजेन्सी त्रिकोण एडभर्टाइजिङ सर्भिसले तनहुँको देवघाटस्थित गलेश्वर आश्रमलाई थेरापी मेसिन सहयोगस्वरुपउपलब्ध गराएको छ । कम्पनीका प्रबन्ध निर्देशक राजेन्द्र अर्यालले आश्रमका प्रमुख महामण्डलेश्वर स्वामीआत्मानन्दगिरीलाई मंगलबार कम्पनीकै कार्यालयमाआयोजित एक कार्यक्रममाउक्तउपकरण हस्तान्तरण गर्नुभएको हो । कम्पनीले संस्थागत सामाजिक उत्तर दायित्व अन्तर्गत आश्रमलाई थेरापी मेसिन उपलब्ध गराएको उनले बताए ।
‘यसबाट आश्रमलाई औषधोपचारका क्रममाआवश्यक पर्ने थेरापी गर्न मद्दत मिल्छ,’प्रबन्ध निर्देशक अर्यालले भने, ‘हामीले लामो समयदेखि नै निरन्तरता दिइरहेको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो सहयोग गरेका हौं । भविष्यमापनि यस्ता कल्याणकारी कार्य जारी राख्छौं । उक्त आश्रममा ३०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । आश्रम प्रमुख स्वामी आत्मानन्द गिरीले उक्त सहयोगका लागि कम्पनीलाई धन्यवाद ज्ञापन गर्दै उक्तउपकरणले थेरापी आवश्यक पर्ने बिरामीलाई सहयोग पुग्ने बताए । यसैबीच त्रिकोण एडभर्टाइजिङ सर्भिसले क्यान्सर केयर फाउन्डेसनलाई कम्प्युटर लगायत विभिन्न विद्युतीय उपकरणसमेत हस्तान्तरण गरेको छ ।
एक समारोहकाबीच कम्पनीका प्रबन्ध निर्देशक अर्यालले फाउन्डेसनका अध्यक्ष सुशीलकुमार पन्तलाई ती सामग्री हस्तान्तरण गरे । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत फाउन्डेसनलाई सहयोग गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?