ओम बैंकको वित्तीय साक्षरता कार्यक्रम


काठमाडौं । ओम डेभलपमेन्ट बैंकले आफ्ना बिभिन्न शाखाहरु मार्फत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले माध्यमिक तहमा अध्ययनरत बिधार्थीहरु तथा ग्रामिण क्षेत्रमा बसोबास गर्ने विभिन्न समुदायका व्यक्ति तथा समुदायहरुलाई छुट्टाछुट्टै रुपमा बैंकका प्रतिनिधिहरुद्धारा बैंकिङ तथा वित्तीय क्षेत्रका विविध विषयहरुमा जानकारी गराइएको बताएको छ ।
बैंकले चितवन भरतपुरको नयाँ किरण मा.वि.मा अध्ययरत बिधार्थीहरु लाई सहायक महाप्रबन्धक दुर्गा राम पुरी र भरतपुर तथा टाँडी शाखाका शाखा प्रबन्धकहरुद्धारा वचत तथा ऋण लगानीसँग सम्बन्धित विविध विषयमा बिधार्थीहरुलाई जानकारी गराएका थिए ।
त्यसैगरी पोखरा महानगरपालिका वडा नं २६ मा अवस्थित लक्ष्मी मा.वि मा मुख्य शाखाका प्रबन्धक सुदिप पौडेल र सोही महानगरपालिकाको वडा नं २८ मा अवस्थित जनज्योति मा.वि.मा अध्ययनरत बिधार्थीहरुलाई बैंकका मुख्य प्रबन्धक माधव अधिकारीले वित्तीय क्षेत्रका बारेमा जानकारी गराइएको बैकका प्रमुख कार्यकारी विश्व मोहन अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?