उल्टो ब्याटिंग गदै इमरान, आतंकबादीको स्वर्ग पाकिस्तान ?


अमेरिकाले ओसामा बिन लादेनलाई पाकिस्तानको ओबाटाबादबाट दिन दहाडै खुल्ला रुपमा सैन्य केन्द्रको नजिकबाट उठाएपछि दक्षिण एशियामा आतंकबादीको स्वर्गका रुपमा चिनिएको पाकिस्तानमा नया शासक इमरान खान आएपछि केही सुधार हुन्छ कि भनेर आशा गर्ने बिश्वका शान्तिप्रेमीहरु कश्मीरको पुलवामामा भएको आततायी आतंकबादकी घटना र त्यसपछि पाकिस्तानले देखाएको ब्यबहारबाट धेरै दुखित भएका छन इमरानले क्रिकेटमा सुल्टो ब्याटिग गरेपनि पुलावामा घटनामा भारतलाई असहयोग गरेर उल्टो ब्याटिंग गरेका छन यो उनको एउटा ठूलो भूल साबित हुदैन । यो घटना नेपालको छिमेकी भारतकोलागि एउटा गम्भीर चिन्ताको बिषय थियो नेपालले पनि पुलवामाको आतंकबादी घटनाको निन्दा गरेको थियो जहा ४२ भारतीय सेनाको ज्यान लिइएको थियो । पुलवामा आतंकबादी घटनालाई लिएर पाकिस्तानले जुन प्रकारको कारबाही गर्ला भन्ने भारतले उसबाट अपेक्षा गरेको थियो त्यो पाकिस्तानबाट देखिएन अर्थात पाकिस्तानको नया शासक पनि पुरानै शैलीका देखिए उनी पन ित्यहाको सैन्य गुप्तचर संस्थाको कैदी नै देखिए ।पुलावामामा जैस ए मोहमदले आक्रमण गरेको कुरालाई पाकिस्तानले स्वीकार गरेन उसले उल्टो ब्यबहार देखायो यो नै आजको दिनमा सबैकालागि चिन्ताको बिषय हो जबकी मसुद अजहरले चलाएको यो संगठनले बीस बर्षदेखि भारत मा आतंकबादलाई फैलाईरहेको कुरामा कुनै बिबाद छैन । भारतले यस अगाडि देखि नै जैस ए मोहमद नामको संगठन र यसको सरगना मसुद अजहरको बारेमा पाकिस्तानलाई सचेत गराइरहेको थियो तर पाकिस्तानको गुप्तचर संस्थाले संरक्षण गरेको ठानिएका मसुद अजहरलाई पाकिस्तानले निरन्तर संरक्षण दिइरहेको अबस्थामा उसलाई पाकिस्तानले कारबाही गर्ने सम्भावना थिएन यसबाट भारत निराश हुने अबस्था स्वाभाबिक पनि हो । यो यसपटक पनि देखियो नेपालको राजधानी काठमाण्डौबाट भारतीय जहाज अपहरण गरेर मसुद अजहरको जैस ए मोहमद नामको यो संगठनले नेपालको पर्यटन ब्यबसायमाथि समेत धावा बोलेको थियो त्यस अर्थमा मसुद अजहर नेपालको लागि अपरिचित भने होइन उसले नेतृत्व दिइरहेको यो संगठनले पुलावामा घटना गराएको भन्ने भारतको प्रमाणिक दाबीलाई पाकिस्तानले स्वीकार नगरेपछि । यस क्रममा भारतीय सेनाले पछिल्लो समयमा पाकिस्तान नियन्त्रित कश्मिर र पाकिस्तानी भूभागमा रहेका आतंकबादी अखडामा सैन्य आक्रमण गरेर तीनसय भन्दा बढी आतंकबादीलाई मारेको समाचार सार्बजनिक भएको छ र यो समाचार सार्बजनिक भएपछि भारतको कदमको पक्षमा बिश्व समुदाय देखिएको छ किनकी भारतले चालेको यो कदम आतंकबाद बिरुद्धको कदम थियो अमेरिका फ्रान्स बेलायत समेतले यो कदमलाई स्वागत गरेको खबरहरु आए भारतमा त यसलाई सबै दलले स्वागत गरे । त्यसो त भारतले उनीहरु भारतमा फेरि ठूलो आतंकबादी आक्रमणको योजनामा रहेको सुचना बाहिर आएपछि भारतले यस्तो कारबाही अगाडि बढाएको खबर सार्बजनिक भएको छ त्यसअर्थमा यो आतंकबादी बिरुद्धको बलियो कारबाही ठानिएको छ भारतले यसपटक पाकिस्तानी शासकलाई बिश्वको मानचित्रमा एक्लो पार्ने रणनीति अनुसार आफनो कदम चालेको थियो जसले सफलता पाएको देखिन्छ । आतंकबाद बिरुद्ध उभिने भारतको अधिकार पनि हो । भारतका अर्थमन्त्री अरुण जेटलीले भनेजस्तै यदि अमेरिकाले ओबाटाबादमा सैन्य बिमान उतारेर आतंकबादी ओसामा बिन लादेनलाई कारबाही गर्न सक्छ भने भारतले पाकिस्तानमा रहेको जैस ए मोहमदको आतंकबादी अखडामा कारबाही गर्न किन सक्दैन ? आजको दिनमा पनि पाकिस्तानको आतंकबादी पाल्ने पोस्ने नीतिका कारण सार्क सम्मेलन रोकिएको रोकिएकै छ। सार्क यो अबस्था रहेमा र पाकिस्तानले आतंकबाद बिरुद्ध केही नगर्ने हो भने लगभग सार्क भग हुने खतरा बढेर जाने देखिन्छ ।, सार्क पाकिस्तानका कारण भंग हुने हो कि भन्ने अबस्थामा पुगेको पक्कै हो । किनकी पाकिस्तानले आतंकबादको बारेमा उसको परिभाषामा आफुलाई हिडाउने गरेको छ तर उ यथार्त भन्दा धेरै टाढा रहेको छ । उसले आतंकबादको साहारामा युद्ध जित्न सक्दैन मात्रै होइन कश्मीरलाई प्राप्त गर्न सक्दैन उसले यो कुरा बुझनु पर्छ । हिजोको दिनको आतंकबादी अभियानले आज फेरि सफलता पाइने दिन छैनन अब त्यो युगको अन्त भएको छ । केही समय अगाडि राष्टसंघमा भारतको बिदेशी मन्त्री सुषमा स्वराजले पाकिस्तानलाई आतंकबादी निर्यातकर्ता देशका रुपमा ब्याखा गरेकी थिइन र त्यो अडानबाट आजको दिनसम्म पनि भारत पछाडि हटेको अबस्था छैन पुलावामा घटनाले त भारतको अडान सही थियो भन्ने पुष्टि गरेको छ । पछिल्लो दिनमा राष्टमण्डलकै हर्ताकर्ता बेलायत सरकारलाई समेत उपयोग गरेर पाकिस्तानी प्रधानमन्त्री कुरेसीले कश्मीर मुद्दालाई आफनो छलफलको एजेण्डामा ल्याउन कोशिस गरेका थिए तर बेलायतलले आफनो पछिल्लो अडान परिबर्तन नभएको जनाएर पुरानो अडानमा यथावत रहेको पुष्टि गरेको थियो र त्यो भारतको पक्षबाट पछिल्लो पटकको कुटनीतिक जीत पनि हो भारतले जैस ए मोहमदको आतंकबादी अखाडामा हालै सैन्य कारबाही गरेपछि जुन अन्तराष्टिय समर्थन प्राप्त गरेको छ त्यो आतंकबाद बिरुद्ध रहेका सबैलाई खुसीको कुरा हो । सबैलाई थाहा छ आजका दिनमा पाकिस्तान आतंकबादीहरुलाई निर्यात गर्ने देशका रुपमा बदनाम छ अफगानिस्तान र भारतको बारेमा उ आजको दिनमा बिश्व राजनीतिक रगमन्चमा एक्लिएको छ र यो उसको कर्मको फल हो जुन उसले सन ् १९८० देखि शुरु गरेको थियो आतंकबादलाई राज्यको समर्थन दिन त्यो नै आजको पाकिस्तानको दुर्भाग्य भएको छ । पाकिस्तानमा नया इमरान सरकारसंग सम्बन्ध सुधार हुने भारतको आशा हरु बढेका थिए जुन केही समयमै तुसारापात भए । पाकिस्तानको कारण कश्मीरमा तनाब यथावत रहेको छ , भने पाकिस्तानले कश्मीरमा आतंकबादी मानिएका र गतबर्ष भारतीय फौजबाट मारिएका बुराहन बानीलाई कश्मीरी स्वतन्त्रता सेनानीको पगरी गुथाउदै पाकिस्तानी सरकारले उनको नाममा टिकट जारी गरेको घटनाले त भारतमा पाकिस्तानी नेताहरुमा सदबुद्धि आउन सक्ने सम्भावन पनि हटेको थियो त्यो पनि फेरि तनाबको कारण बनेको थियो जुन पछिल्लो दिनको घटनाले पुष्टि गरेको छ । जुनबेलामा पाकिस्तानमा नया नेता इमरान खानको उदय भएको थियो तर उनलाई पनि पाकिस्तानको सेनाले नियन्त्रण गरेको र उनी पाकिस्तानमा सेना र त्यहाको गुप्तचर संस्था आइएसआईको नियन्त्रणमा रहेको पुष्टि भएको दाबी केही सुरक्षा बिज्ञले गरेका थिए जुन पछिल्ला घटनाक्रमले पुष्टि गरेका छन । कश्मीरमा पाकिस्तानी सेनाले भारतीय बिदेशमन्त्री सुष्मा स्वराजको शब्दलाई जस्ताको तस्तै राख्ने हो भने आतंकबादलाई खुल्ला रुपमा सहयोग गरिरहेको छ उ आतकबाद निर्यातक देश हो र पुलवामामा भएको आतंकबादी आक्रमण अगाडि पनि भारतीय प्रहरीलाई पाकिस्तानी सेनाले अपहरण गरेर क्रुर यातना दिइ हत्या गरेको त्यो घटनामा त पाकिस्तानले मानबता बिरुद्धको अपराध नै गरेको छ यो आरोप काल्पनिक होइन यो वास्तबिक आरोप हो । केही समय अगाडि न्युओर्कमा हुने भनिएको भारत पाक बिदेशमन्त्री स्तरीय बार्ता रद्दको कारण पाकिस्तानी नया सरकारको आतंकबादी समर्थक नीति नै एउटा बलियो कारण हो । त्यसो त केही समय अगाडि बढने हो भने यो घटनापछि आएको पाकिस्तानी प्रधानमन्त्री इमरानको खानको टिप्पणीले उनको प्रधानमन्त्रीको स्तर कायम नभएको र उनको यो घटिया शैली हेर्दा भारत पाकिस्तानबीच तत्काल कुनै बार्ताको सम्भावना छैन त्यसमा पनि आजको दिनमा त त्यो सम्भावना धेरै कम रहेको छ पुलावामाको घटनामा पाकिस्तानको गुप्तचर संस्थाको सहभागिता हेर्दा । पाकिस्तानी शासकमा भयानक अहंकार देखिन्छ उनको बिज्ञप्ती हेर्दा इमरान खानले आफनो पछिल्लो टवीटमा भनेका थिए कि मैले जीवनमा यस्ता धेरै साना मानिसलाई भेटेको छु जो ठूलो अफिसमा ठूलो कुर्सीमा बसेका हुन्छन तर उनीहरुसंग धेरै अगाडि देख्ने दुरदर्शी सोचको अभाव छ । इमरानको यो टिप्पणीलाई लिएर भारतमा सत्तापक्ष मात्रै होइन बिपक्ष पनि उनको आलोचनामा ओर्लिएको थियो ।
आजको पाकिस्तान बिश्वका धेरै देशबाट एक्लिएको छ आर्थिक रुपमा आजको पाकिस्तान जर्जर अबस्थामा पुगेको छ । सार्क जस्तो क्षेत्रीय संगठन उसको आतंकबादी निर्यात गर्ने नीतिका कारण संकटमा परेको छ । सार्कलाई अगाडि बढाएर क्षेत्रीय रुपमा यसको उपयोगितालाई बढाउन सकिने अबस्थाहरु थिए तर त्यसमा पाकिस्तानको कश्मीरमा आतंकबादीलाई सघाउने नीति बाधक भएको छ र यो नै भोलिका दिनमा सार्कको औचित्य समाप्त हुने कारण बन्न सक्छ त्यसैले सार्कका अरु देशले पनि पाकिस्तानलाई आतंकबादको बिषयमा दबाब दिनु पर्ने अबस्था सृजना भएको छ नेपाल समेत सार्कका सबै देशले पाकिस्तानलाई आतंकबाद बिरुद्ध उभिन दबाब दिनु पर्छ । आतंकबादको मुद्दामा पाकिस्तानको भूमिका सन्तोषजनक नदेखिएपछि अमेरिकाले पनि हिजोको जस्तो सहयोग दिन छाडेको छ आज । चीनले पनि उसको ब्यापारिक स्वार्थ बाहेक अरु कुनै कारणले पाकिस्तानको सहयोग गर्न सक्दैन यो सबैले बुझेको बिषय हो । त्यसैले आजको दिनमा पाकिस्तान अन्तराष्टिय रुपमा पनि दबाबमा छ किनकी उ आज एक्लिएको छ र उसले ठूलो आर्थिक संकटको सामना गर्ने अबस्था आउन सक्छ त्यसमा पनि भारत र अफगानिस्तानसंग उसको सम्बन्ध निरन्तर बिग्रनु भनेको उसकालागि सबै तहमा ठूलो क्षति हो । पाकिस्तानको नया शासक क्रिकेटको दुनियाका त लोकप्रिय खेलाडी थिए उनको समयका तर राजनीतिमा उनले उल्टो ब्याटिड शुरु गरेका छन पुलावामा आतंकदेखि बालकोट सैन्य कारबाही सम्म आइपुग्दा । आशा गरौ उनले त्यो कदमलाई एउटा गल्तीका रुपमा स्वीकार गनेछन । पाकिस्तानले सिकाएको पाठ के हो भने त्यहा जनप्रतिनिधिहरुले शासन गर्दैनन र सेनाले त्यहाको राज्यसत्ता निरन्तर नियन्त्रण गर्छ । आजको दिनमा त्यो अझ बढदो रुपमा नै रहेको छ । त्यसले पनि भारत पाकिस्तान सम्बन्ध सामान्य रुपमा अगाडि बढेको छैन किनकि पाकिस्तानको सेना भारत पाक मित्रता जनतामा रहेको देख्न सक्दैन न उसले पाकिस्तानमा लोकतन्त्र हुर्केको देख्न सक्छ । पाकिस्तानले आतंकबादलाई सघाउने प्रतिबद्धता ब्यबहारमा नदेखाउने हो भने अरु कुरा त यस्तै रहला सार्क संगठनको औचित्य भने समाप्त हुने लगभग पक्कै जस्तो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?