कर्णाली राष्ट्रिय मुक्ति मोर्चाले गर्‍यो दुःख व्यक्त


श्रावण १८,कालिकोट । कर्णाली राष्ट्रिय मुक्ति मोर्चा नेपालले कर्णालीमा वाढी पहिरो र कोरोना भाइस वाट हुन गएको मानविय क्षेति प्रति गहिरो दुख व्यक्त गरेको छ ।

आइतवार मोर्चाका केन्द्रीय संयोजक सिंहराज विश्वकर्माले एक शोक वक्तव्य जारी गर्दै देशभर कोरोनाका कारण ५६ जनाले ज्यान गुमाउनु परेको र वाढी पहिरोले करिव २ सय जनाले ज्यान गुमाउनु परेकोमा दुख व्यक्त गर्नु भएको हो ।

शोक वक्तव्यमा कर्णालीमा मनसुन सुरु भएयता यस वर्ष बाढी पहिरोमा परेर करिव ४५ जनाको मृत्यु भएको छ, र दर्जनौ वेपत्ता तथा घाइते भएकोमा मोर्चा दुखित भएको उल्लेख गरिएको छ ।

वक्तव्यमा कर्णालीवासी तथा सम्पुर्ण नेपाली जनतामा धैर्य र साहासपूर्ण संघर्ष गर्न ,सचेत रहन र सुरक्षीत भएर वस्न मोर्चाले अपिल गर्दै प्राकृतिक प्रकोपको रुपमा रहेको वाढी पहिरो र स्वास्थ्य महामारीको रुपमा रहेको कोरोना भाइरसमा परी ज्यान गुमाउने सवै मृतक आत्मा प्रति हार्दिक श्रद्धान्जली व्यक्त गरेको छ ।

घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै वक्तव्यमा भनिएको छ वेपत्ताहरुको यथाशिघ्र खोजीका लागि सरकारको विशेषध्याकर्षण गराउदै मोर्चाले पिडित परिवारहरुलाई समयमै राहत दिई पूर्नःस्थापना गर्न सरकार संग जोडदार माग पनि गरेको छ ।

शोक वक्तव्य पुर्णपाठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?