बेलायतका प्रधानमन्त्री जोन्सनको बिबाह , एकबर्ष अगाडि जन्मेका आफनै छोराले बाउको बिहे आफै हेरे


 

लन्डन  (एएनआई स्पुतनिक) बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन र उनकी प्रेमिका क्यारी साइमन्ड्सको एक गोप्य समारोहमा हालै विवाह भएको छ बेलायको चर्चित सन अखबारले शनिबार रिपोर्ट छापेको छ।
विवाह पहिलेको योजना अनुसार जुलाई ३० , २०२२ मा सम्पन्न हुने अपेक्षा गरिएको थियो। सन अखबार आउटलेटका अनुसार उक्त समारोह वेस्टमिन्स्टर क्याथेड्रलमा सम्पन्न भएको थियो र सबैभन्दा रमाइलो कुरा उनीहरुको जोडीबाट एक बर्ष अगाडि जन्मेको छोरो समेत त्यो बिबाह समारोहमा थियो र उसले बाउ आमाको बिबाह आनन्द मानेर हेरिरहेको थियो । अप्रिल २,, २०२० मा जन्मेको छोरो विलफ्रेडसहित ३० जना पाहुना मात्र त्यो समारोहमा उपस्थित थिए। त्यो समारोहमा दुलाहा प्रधानमन्त्री बोरिस जोन्सन र नव दुलही क्यारी साइमन्ड्स शास्त्रीय संगीतको लागि आयोजित समारोहमा पुगे र एक अर्कालाई चुम्बन गरेपछि बिबाहको औपचारिक कार्यक्रमा समाप्त भएको घोषणा सहित उनीहरुले भगवानलाई साक्षी राखेर आफनो प्रतिज्ञा पढिसकेपछि एक अर्कालाई चुम्बन फेरि गरर लामो अंकमाल समेत गरे ।
प्रत्यक्षदर्शीका अनुसार उक्त समारोहमा आधा घण्टासम्म चलेको     र त्यो समयमा क्याथेड्रल बन्द थियो।ू सन अखबारले क्याथेड्रलका एक कर्मचारीको भनाइ उद्धृत     भनेको छ सायद उनीहरुमात्र त्यो बिबाहमा आमन्त्रित रहेका थिए । यो विवाह प्रधानमन्त्री बोरिस जोन्सनकोलागि तेस्रो बिबाह र क्यारी साइमंडको लागि पहिलो होा रहेको एएनआई र स्पुतनिकले जनाएको छन ।

तश्वीर फाइल रोयटर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?