एमालेको बिरोध र नाराबाजी पछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित


काठमाण्डौ ।प्रतिनिधिसभाको आजको बैठक प्रमुख प्रतिपक्ष दल नेकपा९एमाले०को विरोध र नारावाजीका कारण १५ मिनेटका लागि स्थगित भएको छ ।प्रतिपक्ष सांसदहरुले संसद्को मर्यादा कायम गर्नुपर्नेलगायतका विषय जोडेर नाराबाजी गरिरहेपछि सभामुख सापकोटाले १५ मिनेटका लागि बैठक स्थगन भएको घोषणा गर्नुभयो ।

प्रमुख प्रतिपक्षी दलका सांसदबाट निरन्तर नाराबाजी र विरोध भइरहँदा सभामुख अग्निप्रसाद सापकोटाले सहज रुपमा सदन चल्ने वातावरण निर्माण गर्न पटकपटक अनुरोध गर्नुभयो ।सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावली कार्यान्वयन गर्ने दायित्व सबैको रहेको र जनताको प्रतिनिधिमूलक थलो संसद्मा आफ्ना धारणा, दृष्टिकोण राख्ने अवसर प्रदानगर्न आग्रह गर्नुभएको थियो ।यद्यपि, नाराबाजी नरोकिएपछि सभामुख सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित भएको सदनलाई जानकारी गराउनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?