नेपाली काग्रेस बीपी बिशेष महाधिबेशनमा ओर्लियो


काठमाण्डौ । ( असन बजार पत्रिका ) नेपाली कांग्रेस ( बीपी )नेपाली कांग्रेस ९बीपी०को विशेष महाधिवेशन यही भदौ ३० देखि काठमाडौँमा हुने भएको छ । नेपाली कांग्रेस बीपीले आज महाराजगञ्जमा एक पत्रकार सम्मेलन गरी पार्टीको आधिकारिक धारणा बनाउन विशेष महाधिवेशन गर्न लागेको जानकारी दिएको हो ।सम्मेलनमा नेपाली कांग्रेस (बीपी)का सभापति हरिबोल भट्टराईले नेपाली कांग्रेस बीपी किन बनाउनुप¥यो र यसको नीति, उद्देश्य, योजना र कार्यक्रम के के छन् रु सङ्गठनात्मक नीति तथा कार्यनीति कस्तो छ रु अन्य पार्टीसँग कस्ता मतभेद छन लगायतका प्रश्नको उत्तर दिन भदौ ३० देखि असोज १ गतेसम्म विशेष महाधिवेशन गर्न लागिएको जानकारी दिनुभयो ।

नेपाली कांग्रेसबीपीले एमसिसी सम्झौता खारेज गर्न, भ्रष्टाचारीलाई कारबाही गर्न, पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न, निर्मला हत्या काण्डलगायतका बलात्कारका घटनाका दोषीलाई कारबाही गर्न पत्रकार सम्मेलनमार्फत सरकारको ध्यानाकर्षणसमेत गरेको छ ।पार्टीका महामन्त्री सुशीलमान शेरचनले बीपी कोइरालाद्वारा प्रतिपादित विचार पार्टीको विचार भएको भन्दै नेपाली कांग्रेस बीपीले राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई पार्टीको मूल सिद्धान्त मान्ने बताउनुभयो । उहाँले समावेशी सिद्धान्तको मर्मलाई पूर्णरूपमा आत्मसाथ गर्दै नेपाली कांग्रेस बीपी अगाडि बढ्ने स्पष्ट पार्नुभयो ।

नेपालको प्रजातान्त्रिक आन्दोलनका नेता एवं समाजवादका प्रवद्र्धक जननायक बीपी कोइरालाका विचारलाई जनस्तरमा पु¥याएर समृद्ध समाज निर्माण गर्नका लागि विसं २०७२ भदौ २४ मा नेपाली कांग्रेस बीपी को स्थापना गरिएको थियो । पछिल्लो दिनमा नेपाली काग्रेस बीपीमा संगठनात्मक सक्रियता समेत बिभिन्न पार्टीबाट नेपाली काग्रेस बीपीमा प्रबेश गनेहरुको समुह समेत बढेको नेपाली काग्रेसका बीपीका नेताहरुले बताउनु भएको छ । राजधानीमा कोरोना सक्रमण बढेका बेला भोकै बसेको जनताको पक्षमा आबाज उठाएर पार्टीले ठूलो साहानुभूति बटुलेको थियो ।
–––

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?