बेलायती नयाँ विदेश मन्त्रीमा लिज टुस विदेशमन्त्री राब हटाइए


लण्डन ( एजेनसीहरु )प्रधानमन्त्री बोरिस जोन्सनले मन्त्रीमण्डलमा हेरफेर गर्नु भएको छ ।नयाँ मन्त्री मण्डलमा विदेश मन्त्रीमा लिज ट्रुसलाई ल्याइएको एएनआईले जनाएको छ । डोमिनिक राबलाई अहिलेको मन्त्रालयबाट हटाइएको डाउनिङ स्ट्रीट स्रोतले बुधबार पुष्टि गरेको छ ।यद्यपि राब न्यायमन्त्री बन्ने र उपप्रधानमन्त्रीको भूमिका पनि निर्वाह गर्ने बताइएको छ ।
स्थानीय सञ्चार माध्यमका अनुसार अफगानिस्तानबाट बेलायतको बहिर्गमन र काबुल तालिबानको कब्जामा गएको केही घण्टापछिसम्म छुट्टीमा रहने निर्णय लिएका राब प्रधानमन्त्रीको निशानामा पर्नुभएको छ । त्यो बेला बिदेशमन्त्रीको भूमिका संतोषजनक नरहेको स्थानीय मिडियाले जनाएका छन । सिएनएनका अनुसार उनले काबुलमा तालिबानले कब्जा गरिरहेको बेला तुरुन्तै आपातकालिन निर्णय लिनु पर्नेबेलामा उनी चुकेको बताउदै उनको राजीनामा मागिएको भए पनि प्रधानमन्त्रीले उनलाई बिदेशमन्त्रालयबाट हटाएर सानो भएपनि सजाय दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?