आजको गठबन्धन बैठकमा पनि प्रधानमन्त्रीलाई मन्त्रीको सूचि नदिइएकै हो ?


काठमाण्डौ । ( असन बजार पत्रिका ) आज सत्तारुढ दलको गठबन्धनले सरकारलाई छिट्टै पूर्णता दिनेलगायत विषयमा सहमति गरेको बताइएपनि यसको औपचारिक पुष्टि हुन सकेन । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको गठबन्धनका शीर्ष नेताबीच मन्त्रिपरिषद्लाई छिट्टै पूर्णता दिने, गठबन्धनलाई प्रदेशस्तरसम्म सुदृढ बनाउँदै लैजानेलगायत विषयमा सहमति भएको बैठकमा सहभागी जनता समाजवादी पार्टी नेपालका नेता महिन्द्रराय यादवले जानकारी दिएको समाचार राससले जनाएपनि यसको पुष्टि हुन सकेन । प्रधानमन्त्री देउवाले आफनो कारण मन्त्रीमण्डल बिस्तारमा ढिला भएको जस्तो प्रचार बाहिर गरिएको र त्यो जनआबाजलाई ध्यानमा राखेर मन्त्रीपरिषद बिस्तारको लागि आजै जनता समाजबादी पार्टीका नेता उपेन्द्र यादब र नेकपा समाजबादीका अध्यक्ष माधब कुमार नेपालसंग मन्त्रीको नामलिष्ट मागे पनि उपेन्द्र यादबले नाम दिन सिधै अस्वीकार गरेर अध्यादेश निष्क्रिय बनाउने प्रस्ताब प्रधानमन्त्री समक्ष राखेका थिए तर प्रधानमन्त्रीले यो मुद्दा अदालतमा पुगेकोले आफुले अदालतको निर्णय कुर्नु बाहेक कुनै बिकल्प नभएको कुरा राखेपछि यादबले मन्त्रीको सूचि दिन अस्वीकार गरिरहनु भएको थियो तर पनि प्रधानमन्त्रीले निरन्तर मन्त्रीको नाम मागिरहनु भएको थियो ।
बैठकमा दल विभाजनसम्बन्धी अध्यादेशलाई निष्क्रिय बनाउने, सरकारका कामको समीक्षा, समसामयिक राजनीतिलगायत विषयमा पनि छलफल भएको थियो तर त्यो बिषयमा छलफल भएपनि बैठक एक प्रकारले निर्णय नगर्ने निर्णय गर्ने शैलीमा सम्पन्न भएको थियो । प्रधानमन्त्री देउवा तुरुन्तै मन्त्रिपरिषद बिस्तारका लागि हतारिए पनि दुबै साना दलहरुमा मन्त्रीमा नाम नआउनेहरुले राजनीतिक समीकरण बदल्ने खतरा एकतर्फ रहेको छ माधब कुमार नेपालको पार्टीको मुद्दामा अदालतको फैसला प्रधानमन्त्रीले निकटबाट हेरिरहनु भएको स्रोतको दाबी छ । बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र ) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जसपा सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई, जसपा अध्यक्ष उपेन्द्र यादव, नेता महिन्द्रराय यादवलगायत सहभागी हुनुहुन्थ्यो ।
–––

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?