बिराटनगरमा ल्याण्ड गर्न पांग्रा नखुलेको बुद्ध एअरको बिमान काठमाण्डौमा सकुशल अबतरण


काठमाण्डौ । )असन बजार पत्रिका )काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा सोमबार बिहान अवतरण गर्न लागेको एउटा विमानको पाङ्ग्रा नखुलेका कारण केहीबेर तनाव सिर्जना भएको थियो यो बिमान बिराटनगरमा ल्याण्ड नभएका कारण काठमाण्डौ फर्किएको थियो । काठमाण्डौ फर्किएपछि रनवेमा अवतरण हुनै लाग्दा बुद्ध एयरको विमानमा पाङ्ग्रा नखुलेपछि आकाशमै फर्किएको थियो । त्यसपछि भने जहाजमा रुवाबासी भएको थियो । जहाजका क्याप्टेनले जिम्म्ेबारीका साथ बिमानलाई सकुसल उतारेर ७३ जना यात्रुको जीवन जोगाएर उनले भगवानको काम गरेको टिप्पणी समेत यात्रुहरुले गरेका छन ।

विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि काठमाडौं फर्किएको बुद्ध एयरको जहाज त्रिभुवन विमानस्थलमा सफलता पुर्बक अवतरण भएको छ। बुद्ध एयरको सो विमान सोमबार बिहानै काठमाडौंबाट विराटनगरतर्फ उडेको थियो । तर, विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि काठमाडौं फर्किएको थियो ।बिराटनगरमा सात फन्का लगाएको जहाज काठमाडौंको आकाशमा झन्डै १० फन्का लगाएको जहाज केहीबेर पछि अवतरण भएको हो। सामान्य अवतरण भएकाले चालक दलका सदस्य र सबै यात्रुहरू सकुशल रहेको विमानस्थल स्रोतले जनाएको छ। बिमानस्थलमा बिमान अबतरणकालागि सबै आकस्मिक तयारी गरिएको थियो । सयोग पनि कस्ता बिश्व पर्यटन दिबसकै दिन यो घटना भएको थियो तर बिमान शकुसल अबतरण भएको थियो ।
बिहान आठ बजे बिराटनगर उढेको ९ एन एएनआई एटिआर जहाज विराटनगर विमानस्थलमा अवतरण हुन लाग्दा समस्या देखिएको थियो। जहाजको ल्याण्डिङ गियरमा समस्या देखिएको बताइएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?