काग्रेस महाधिबेशनको क्रममा बाजुरामा भिडन्त ,एक प्रहरी घाइते


(असन बजार पत्रिका ) सुदूरपश्चिम, १९ असोज नेपाली कांग्रेसको १४औँ महाअधिवेशनअन्तर्गत बाजुरा जिल्लामा आज भएको जिल्ला अधिवेशनका क्रममा झडप भएको छ ।जिल्ला निर्वाचन समितिका प्रवक्ता प्रेम रौलेले मतदान सकिएर मत पेटिका व्यवस्थापन गर्ने क्रममा प्रहरी र कांग्रेस कार्यकर्ताबीच झडप भएको जानकारी दिनुभयो । राससका अनुसार जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मदनजित महराले उक्त घटनामा एक जना प्रहरी घाइते भएको बताउनुभयो । घाइते प्रहरीको अवस्था समान्य छ ।

वीरेन्द्र गिरीसहितका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आजै राति ११ बजेबाट मतगणना गर्ने तयारी गरिएकोमा झडपपछि मतगणनाको काम अनिश्चित बनेको प्रवक्ता रौलेले जानकारी दिनुभयो । कांग्रेसको जिल्ला अधिवेशनमा सभापति पदका लागि कविराज पण्डित, रामसिंह रावल र चक्र शाहीबीच प्रतिस्पर्धा भइरहेको छ । जिल्ला अधिवेशनमा कांग्रेसका एक हजार २१२ मतदाता रहेको बताइएको छ ।
–––

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?