यस्तो छ नयां मन्त्रिपरिषदको दलिय भागबण्डा ,मन्त्री को बन्दैछन ?


काठमाण्डौ ( असन बजार पत्रिका ) लामो समयसम्म बिस्तार हुन नसकेको मन्त्रिमण्डलको भागबण्डा टुगिएको बताइएको छ  कुनै पनि बेला मन्त्रिपरिषद बिस्तार हुने सम्भावन रहेको छ ।
असन बजार पत्रिकालाई प्राप्त  समाचार अनुसार नया मन्त्रिमण्डलको लागि प्रस्ताबित बिस्तारमा गरिएको भागबण्डा अनुसार नेपाली काग्रेसका्े भागमा गृह,परराष्ट , स्वास्थ , सूचना तथा संचार , युवा तथा खेलकुद महिला तथा समाज कल्याण परेका छन भने नेकमा माओबादीको भागमा अर्थ ,उर्जा , शिक्षा बिज्ञान तथा प्राबिधिक , श्रम तथा रोजगार भूमि ब्यबस्था रहेका छन ।

त्यस्तै माधव नेपालले नेतृत्व गरेको नेकपा समाजबादी कोटामा रक्षा , पर्यटन तथा नागरिक उडडयन , शहरी बिकास र कानुन न्याय तथा संसदीय मामला परेका छन ।  जनता समाजबादी पार्टीको कोटामा चार मन्त्रालय परेका छन जसमा भौतिक पूर्बाधार तथा यातायात ,संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय , कृषि तथा पशुपंक्षी बिकास मन्त्रालय , र बन तथा वाताबरण मन्त्रालय रहेका छन ,। देउवालाई मन्त्रिमण्डल बिस्तारमा गरेको ढिलाईकालागि दोषारोपण गरिएपनि नेपाली काग्रेस भित्रबाट असहयोग भएको छैन तर गठबन्धन दलहरुको आन्तरिक समस्याले पनि यो ढिलाई भएको थियो । अब कुनै पनि बेला मन्त्रिमण्डल बिस्तार हुने स्रोतको दाबी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?