कांग्रेस सभापतिमा पुनः मतदान हुने


काठमाडौं : नेपाली कांग्रेस मोरङको सभापतिमा पुनः मतदान हुने भएको छ। आइतबार सम्पन्न निर्वाचनमा तीन जनाउमेदवार मध्ये कसैले पनि आवश्यक मत ल्याउन नसकेपछि पुनःमतदान हुने भएको हो।

सभापतिका उम्मेदवार शेरबहादुर देउवाले अरुले भन्दा बढी मत पाए पनि निर्वाचित हुन आवश्यक बहुमत जुटाउन सकेनन् । कांग्रेसको बिधान अनुसार सभापति पदमा निर्वाचित हुन खसेको कूल मतको बहुमत चाहिन्छ । कुल ४ हजार ६८१ मतदातामध्ये देउवाले २ हजार २५८ मत पाएर पहिलो भएका छन् । तर, ५० प्रतिशत मत कटाउनका लागि उनलाई ८२ मतले साथ दिएन ।

यस्तै, दोस्रो स्थान हासिल गरेका डा. शेखर कोइरालाले १ हजार ७२९ मत प्राप्त गरेका छन् । यसैगरी, तेस्रो स्थानमा प्रकाशमानसिंहले ३७१ मत पाएका छन् भने विमलेन्द्र निधिले २४९ मत पाएका छन् । सभापतिका अर्का दाबेदार कल्याण गुरुङले २० मत पाएका छन् । अब दोस्रो चरणमा सभापतिका लागि देउवा र कोइरालाबीच प्रतिस्पर्धा हुनेछ । तेस्रो स्थानमा रहेका प्रकाशमान सिंह, चौथो स्थानमा रहेका बिमलेन्द्र निधि र पाँचौ स्थानमा रहेका कल्याण गुरुङ भने सभापतिको दौडबाट बाहिरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?