४६८१ मत गणना सकियो, देउवाले ल्याए २२५८, सभापति चयन दोस्रो चरणमा


काठमाडौं :जारी नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना भइरहेको छ।  मतदानमा शेरबहादुर देउवाले निरन्तर अग्रता बढाएका छन् । जम्मा ४६८१ मत गणना भएको छ । अहिलेसम्म देउवाले २२५८ मत प्राप्त गर्दा शेखर कोइरालाले भने १७१९ मत प्राप्त गरेका  छन् । त्यसैगरी प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २४९ र कल्याण गुरुङले २० मत प्राप्त गरेका छन् । अब सभापतिको लागि दोस्रो चरणमा मतदान हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?