मेरिल्याण्ड गोलीकाण्डमा तीनको मृत्यु


मेरिल्याण्ड, २७ जेठ  । यहाँस्थित स्मिथ्सवर्गमा भएको गोलीकाण्डमा तीन जनाको मृत्यु भएको छ । एउटा कारखानामा भएको गोलीकाण्डमा उनीहरूको मृत्यु भएको हो । राज्यका एक सैनिक अधिकारीलाई काँधमा गोली लागेको मेरील्याण्डका गभर्नर ल्यारी होगनले बताउनु भएको छ । गभर्नरले आक्रमणकारीबारे जानकारी नभएको जनाउनु भएको छ ।
आक्रमणकारीले उत्तरी मेरिल्याण्डमा रहेको सोलुम्बिया मेसिन कारखानामा गोली चलाएको थियो । वासिङ्टनको प्रहरी कार्यालयले बिहीबार दिउँसो करिब २.३० बजे बाल्टिमोर शहरबाट करिब ७५ माईलटाढा स्मिथ्सबर्गको कोलम्बिया मेसिनमा गोली चलेको बताएको छ । गत केही वर्षयता संयुक्त राज्य अमेरिकाभर बन्दुक हिंसा बढ्दै गएको छ ।
कोभिड–१९ महामारीको कारणले आर्थिक र सामाजिक अवरोधहरूदेखि लिएर २०२० को चुनावमा भएको अशान्ति, बढ्दो बन्दुकको बिक्रीका कारण धेरै नरसंहारका घटना भएका हुन् । यो वर्ष देशमा बन्दुक हिंसाका कारण एक हजार ७०० सयभन्दा बढी मारिएका वा घाइते भएका छन् । उक्त अवधिमा अमेरिकामा कम्तिमा एकसय १० गोलीबारी भएका छन् । (रासस÷एएनआई)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?