स्व शोभा प्रधानको शुक्रबार निकालिएको शवयात्रा


भादगाउँ,  १०  असार  :  नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेकी जीवनसङ्गिनी तथा नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय कोषाध्यक्ष एवम् नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय सदस्य स्व शोभा प्रधानको शुक्रबार निकालिएको शवयात्रा । भक्तपुर नगरपालिका–१ इनाग:बाट शुरु भएको शवयात्रा भार्बाचो, तेखापुखु, वंशगोपाल, नासमना, तमारी, सुकुलढोका, गोमारी, इनाचो, दत्तात्रय, च्याम्हासिंह हुँदै हनुमानघाट लगिएको हो । लामो समयदेखिको ‘अर्बुदरोग’ ले उहाँको असार ८ गते नेपाल क्यान्सर अस्पताल हरिसिद्धिमा उपचारकै क्रममा निधन भएको थियो । तस्बिर : लक्ष्मी गारु : रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?