उपसभामुखका लागि भुसाल र भट्टराईबीच प्रतिस्पर्धा हुने


काठमाडोैं,  ३०  असार (असन बजार पत्रिका)  :  प्रतिनिधिसभाको रिक्त रहेको उपसभामुख पदमा नेपाली कांग्रेसकी पम्फा भुसालले उम्मेदवारी दिएका छन् । यस्तै उनको प्रतिस्पर्धीको रुपमा नेकपा एमालेकी विद्या भट्टराईले पनि नामांकनपत्र दाखिला गरेकी छन् ।

 

संसदीय अभ्यास मुताविक सभामुख पदमा सत्ताधारी दलका प्रतिनिधि निर्वाचित भएमा उपसभामुख पद प्रमुख प्रतिपक्षी दललाई दिने प्रचलन छ ।  विगतमा नेपालमा पनि यो प्रचलन व्यवहार आएको थियो । तर राजनीतिक अभीष्ट र कलुषित मानसिकताका कारण उदार राजनीतिक प्रचलन कायम हुन सकेन ।

 

यसको पछिल्लो उदाहरणका लागि पटक पटकको प्रतिनिधिसभा विघटनको मुद्दालाई लिन सकिन्छ । हाल सभामुखमा नेकपा माओवादीका अग्निप्रसाद सापकोटा आसीन छन् । सत्तागठबन्धनको गणितीय हिसाबले नेपाली कांग्रेसकी पम्फा भुसालले सजिलै विजयी हासिल गर्ने देखिन्छ ।  तस्बिर : रत्न श्रेष्ठ÷रासस

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?