राजापाक्षे माल्दिभ्सहुँदै सिङ्गापुर भागे, देशव्यापी निषेधाज्ञा


कोलम्बो, ३० असार  :  श्रीलङ्कामा चर्को विरोध प्रदर्शनपछि माल्दिभ्सको राजधानी माले पुगेका निवर्तमान राष्ट्रपति गोटाबाया राजापाक्षे आज सिङ्गापुर प्रस्थान गरेका छन्। राजपक्षेले माल्दिभ्स छाडेर निजी जेटमा सिङ्गापुर जाँदै गरेको डेली मिररले स्रोतलाई उद्धृत गर्दै उल्लेख गरेको छ। यसअघि, एक निजी जेट माल्दिभ्सबाट सिङ्गापुर प्रस्थान गर्न मालेमा अवतरण भएको पनि डेली मिररले बताएको छ ।
राजापाक्षे, श्रीमती इओमा राजपाक्षे र दुई सुरक्षा अधिकारीहरू हिजो राति मालेबाट सिङ्गापुरका लागि सिङ्गापुर एयरलाइन्सको विमान चढ्ने तयारीमा थिए तर सुरक्षा चिन्ताका कारण सो कार्यक्रम स्थगित भएको थियो । ७३ वर्षीय गोटाबाया राजापाक्षे जुलाई ९ मा प्रदर्शनकारीको भीडले निवासमा आक्रमण गरेपछि लुकेर बसेका थिए । विकसित घटनाक्रमलाई सहजरूपमा सम्बोधन गर्न नसकेपछि उनले बुधबार राजीनामा बुझाउने घोषणा गरेका थिए। 
श्रीलङ्काको सेनाले बिहीबार संसद् भवन नजिकै सेनाका ट्याङ्कहरू तैनाथ गरेको छ । प्रदर्शनकारीहरूलाई संसद्मा प्रवेश गर्नबाट रोक्नको लागि सेनाको ट्याङ्क तैनाथ गरिएको बताइएको छ । श्रीलङ्काको फ्लावर रोडमा रहेको प्रधानमन्त्रीको कार्यालयमा प्रदर्शनकारिहरूले बुधबार आक्रमण गरेका छन् । अहिले टापु राष्ट्र गम्भीर आर्थिक र राजनीतिक सङ्कटमा परेको छ।
जुलाई ९ गते प्रदर्शनकारीहरू राष्ट्रपति र प्रधानमन्त्रीको कार्यालयमा जबरजस्ती प्रवेश गरेर विरोध जनाएका थिए । आक्रोशित प्रदर्शनकारीले राष्ट्रपति र प्रधानमन्त्रीको तत्काल राजिनामाको माग गरेका थिए । देश छाडेका राष्ट्रपति गोटाबाया राजापाक्षे र उनकी श्रीमतीले आज साउदी अरेबियाको मालेबाट सिङ्गापुर प्रस्थान गरेका छन् । अहिले तीन तह प्रहरी, सेना र विशेष बलसहित संसद्को सुरक्षा व्यवस्था कडा पारिएको छ । अहिले श्रीलङ्का इन्धन र अन्य अत्यावश्यक आपूर्तिहरूको गम्भीर अभावको सामना गरिरहेको छ ।
बढ्दो मुद्रास्फीतिका कारण देशले सबैभन्दा खराब आर्थिक सङ्कटको सामना गरिरहेको छ। अर्को सूचना नभएसम्मका लागि सरकारी कार्यालयहरू बन्द। घरेलु कृषि उत्पादनमा कमी, विदेशी मुद्रा सञ्चितिको कमी र स्थानीय मुद्राको अवमूल्यनले यो अभाव बढाएको हो ।
नवनियुक्त कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिङ्घेले देशव्यापी निषेधाज्ञा (कफ्र्यू) घोषणा गरेका छन् । बुधबार कार्यवाहक राष्ट्रपति नियुक्त भएका उनले पद सम्हाल्नेवित्तिकै देशव्यापी निषेधाज्ञा घोषणा गरेका हुन ।
निषेधाज्ञा लागू भएसँगै श्रीलङ्कालीहरू रेलमार्ग, सडक, मनोरञ्जनस्थल, उद्यानलगायत सार्वजनिक स्थानमा हिँडडुल गर्न पाउने छैनन् । बुधबार पनि यहाँका नागरिकहरुले प्रधानमन्त्री रनिल विक्रमासिङ्घेको कार्यालयमा घेराउ गरी उनको राजीनाको माग गरेका थिए ।
बुधबार नै सभामुखले प्रधानमन्त्री विक्रमासिङ्घेलाई कार्यबाहक राष्ट्रपतिमा नियुक्त गरिएको संसद्बाट जानकारी दिएका थिए । गत शनिबार राष्ट्रपतिको कार्यालय प्रदर्शनकारीले कब्जा गरेपछि सरकारी निर्णय तथा घोषणाहरू सभामुख र प्रधानमन्त्री कार्यालयबाट हुँदै आएका छन् ।
(रासस-एएनआई)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?